काठमाडौं । लामो समयदेखि खाली रहेको ८ एसपीको दरबन्दीमा बढुवाका लागि नाम सिफारिस गरिएको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर अध्यक्ष रहेको बढुवा समितिले बुधबार राति ८ डीएसपीलाई एसपी बढुवाका लागि सिफारिस गरेको छ ।
जसमा बढुवा दाबेदारको पहिलो नम्बरमा रहेका डीएसपी प्रदीपकुमार क्षेत्री छुट्दा अन्तिममा रहेका विनोद घिमिरे बढुवा भएका छन् । घिमिरे कुनै समय हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी सुरक्षा अधिकृत (पीएसओ) थिए।

