वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
नविल वैंकको क्यूआर कारोबारमा आधारित नयाँ क्यासब्याक योजना सार्वजनिक
Prabhu Bank AD

 

काठमाडौ । नबिल बैंकले महिला तथा युवालाई लक्षित गर्दै क्यूआर कारोबारमा आधारित नयाँ क्यासब्याक योजना सार्वजनिक गरेको छ । नबिल बैंक र संयुक्त राष्ट्र पूँजी विकास कोषको सहकार्यमा आधारित क्यूआर कोड महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवर्द्धन परियोजना अन्तर्गत यो योजना सुरु गरिएको छ ।

कोभिड १९ पछिको अवस्थामा डिजिटल वित्तीय समाधान मार्फत महिला र युवाहरूको प्रवर्द्धन गर्ने उदेश्यको साथ यो योजना सुरु गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि नयाँ वर्षको अवसरमा पनि नबिल बैंकले यस्तै क्यासब्याक योजना सार्वजनिक गरेको थियो ।

एक महिनाको लागि संचालन गरिने यस योजनामा महिला तथा युवा क्यूआर मर्चेन्टले गर्ने पहिलो क्यूआर कारोबारमा १०५वा अधिकतम प्रति कारोबार रु २०० नगद फिर्ता दिइने छ । यो योजना आषाढ महिनाभरि लागु हुने बैंकले बताएको छ ।

वित्तीय पहूँच नपुगेका महिला र युवा उद्यमीमा लक्षित यस योजना मार्फत नबिल बैंकले त्यस्ता उद्दमीहरुलाई बैकिङ च्यानलमा भित्राउने, पुराना निष्कृय मर्चेन्टलाई सकृय बनाउने र उनीहरुलाई डिजिटल वित्तीय समाधानहरू प्रदान गरि दिगो वित्तीय रूपान्तरणलाई बढावा दिने लक्ष्य लिएको हो ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय