वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
भारतको दबाबमा माल्दिभ्सका तीन मन्त्रीलाई गरियो निलम्बन
Prabhu Bank AD

माल्दिभ्स । जनवरी ४ मा लक्ष्यद्विप टापु भ्रमण गरेका भारतीय प्रधानमन्त्री मोदीले फोटो र भिडियो सामाजिक सञ्जालमा अपलडो गरेलगत्तै भिडियो भाइरल भयो । सो भिडियाको बारेमा माल्दिभ्स सरकारका मन्त्री र सरकारी अफिसरहरुले त्यो भिडियोको बारेमा नकारात्मक टिप्पणी गरे ।

भारतले लक्ष्यद्विप टापुलाई ‘पर्यटन’ प्रबद्र्धन गर्न खोजेको र त्यसको प्रत्यक्ष नकारात्मक प्रभाव माल्दिभ्सको पर्यटन उद्योगमा पर्ने टिप्पणी गरेपछि भारतीय सरकारी अधिकारीहरुले त्यसको व्यापक विरोध गरे ।

उनीहरुले भारतीय प्रधानमन्त्री मोदीको अपमानजनक टिप्पणी गरेको भन्दै ती मन्त्रीहरुलाई कारबाही गर्न चौतर्फी दबाब दिए । फलतः त्यहाँको सरकारले आइतबार आफ्ना तीन मन्त्रीलाई त्यही आरोपमा निलम्बन गरेको छ ।

मिडिया रिपोर्टका अनुसार मन्त्री मरियम शिउना, मलशा शरिफ र महजुम माजिदलाई निलम्बन गरिएको हो।

Prabhu Bank AD

सम्बन्धित खवर