वि.सं.२०८३ जेठ १६ शनिवार
Dish Home Long Ad
सर्वोच्चको आदेश : अवधि पूरा नभएसम्मका लागि वीर अस्पतालको निर्देशकमा डा. पौडेल नै कायम
Prabhu Bank AD

काठमाडौँ । सर्वोच्च अदालतले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको निर्देशकबाट डा.सन्तोष पौडेललाई नै यथास्थानमा काम गर्न दिन अन्तरिम आदेश जारी गरेको छ । डा.पौडेललाई हटाएर डा. श्रवणकुमार थापालाई नियुक्त गर्ने स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो।

स्वास्थ्यमन्त्री बस्नेतले मंसिर १४ गते मन्त्रीस्तरीय निर्णय गर्दै डा. पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाएर मन्त्रालयमा हाजिर हुन निर्देशन दिएका थिए ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले निर्देशक पदमा दुई वर्षको समयावधि तोकेर नियुक्ति दिइएको व्यक्तिलाई सो समयभन्दा अगावै हटाउने निश्चित कानुनी प्रावधान पालना नगरेको बताउँदै स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको हो ।

ुनिवेदक चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (बैठक सञ्चालन, पदाधिकारीको काम, कर्तव्य र अधिकार एवं पारिश्रमिक र सुविधा सम्बन्धी) नियमावली, २०६४ को नियम ११ ९२० बमोजिम २ वर्षको पदावधी रहने गरी मिति २०७९–११–०५ को मन्त्रीस्तरको निर्णयानुसार निर्देशक पदमा नियुक्त भएको देखिन्छ । मिसिल संलग्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको च.नं. ९७२ मिति २०८०र०८र१४ को पत्रबाट यी निवेदक निर्देशकको पदीय जिम्मेवारीमा नरहने गरी भन्ने उल्लेख भएको र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको च.नं. ५६८ मिति २०८०–०८–१७ को पत्रबाट सह(प्रा। डा। श्रवण कुमार थापालाई निमित्त निर्देशकको जिम्मेवारी दिएको भन्ने देखिँदा यी निवेदकलाई निर्देशक पदबाट नहटाएको भन्न मिलेन,ु आदेशमा भनिएको छ, ‘निजलाई नियुक्ति गरिएको निर्देशक पद अनुसारको पदीय जिम्मेवारी पुरा नगरेमा वा पद अनुरुपको आचरण पालना नगरेमा वा अन्य कुनै कारणले पदमा कायम राखी राख्न अयोग्य वा उपयुक्त नदेखिने भए अख्तियार प्राप्त अधिकारीले कानुनमा निर्धारित प्रक्रिया अबलम्बन गरी पदबाट हटाउन सक्ने कुरालाई अन्यथा मान्न सकिँदैन । तर निवेदकलाई निर्देशक पदबाट हटाउँदा अवलम्बन गर्नुपर्ने माथि उल्लेखित स्पष्ट कानुनी प्रक्रियाको अवलम्बन गरिएको नदेखिएको’

आदेशपछि अवधि पूरा नभएसम्मका लागि डा. पौडेललाई निर्देशकका रुपमा काम गर्न निर्वाध रुपमा बाटो खुलेको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर