वि.सं.२०८३ जेठ १६ शनिवार
Dish Home Long Ad
दुर्गा प्रसाईंको आन्दोलन पूर्ण रुपमा असफल
Prabhu Bank AD

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गरेको आन्दोलन पूर्ण रुपमा असफल बनेको छ । आन्दोलन चार दिनमै लगभग सकिएको छ। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालको नाममा गत बिहीबार प्रदर्शन सुरु भएको थियो। पहिलो दिन उल्लेख्य संख्यामा प्रदर्शनकारी सडकमा आए पनि त्यसपछि क्रमशः घट्दै गएर आन्दोलन पूर्ण रुपमा असफल बन्न पुगेको छ।

पहिलो दिनको संख्याले हौसिएका प्रसाईंले आन्दोलन निरन्तर हुने घोषणा गरे पनि जनताको साथ पाउन सकेनन्। प्रसाईंको अराजक अभिव्यक्तिपछि शुक्रबार प्रशासनले तीनकुने क्षेत्रमा प्रदर्शन गर्न रोक लगाएको थियो। त्यसैगरी प्रहरीले घर घेरा हालेर उनलाई त्यसदिन बाहिर निस्कनै दिएन। तीनकुनेमा केही मात्रामा देखा परेका प्रदर्शनकारीलाई पनि प्रहरीले तत्काल पक्राउ गरिहाल्यो।

तेस्रो दिन शनिबार प्रशासनले प्रदर्शनका लागि सिफल चौर छुट्याइदिएको थियो। त्यहाँ पनि उनका समर्थकको उपस्थिति पातलो थियो। प्रहरी स्कर्टिङमा सिफल पुर्‍याइएका प्रसाईंले त्यहाँ आयोजित कोणसभालाई सम्बोधन गरे। प्रसाईंले स्त्रीद्वेषी भाषण गरेपछि उनको चर्को आलोचना भइरहेको छ।

आइतबारका लागि भक्तपुरको दरबार क्षेत्रमा तय भएको कार्यक्रम स्थगित भएको छ। अभियानको शनिबार बसेको केन्द्रीय समिति बैठकले दरबार क्षेत्रमा गरिने भनिएको कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको अभियानले जनाएको छ। त्यसको सट्टामा आइतबार सांस्कृतिक कार्यक्रम हुने बताइएको छ।

Prabhu Bank AD

सम्बन्धित खवर