काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सचिवालय सदस्य तथा पार्टीका प्रदेश ३ का सहसंयोजक सुरेश श्रेष्ठसहित तीन जना केन्द्रीय नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार काठमाडौं जिल्लाको लप्सीफेदी, जरसिंह पौवाबाट नेताहरुलाई गिरफ्तार गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले जनाएको छ । पक्राउ पर्ने अन्य नेताहरुमा पार्टीको महाधिवेशन आयोजक कमिटिद्वय केदार खतिवडा र प्रभात भट्टराई रहनु भएको छ । उहाँहरुलाई पक्राउ गरी साँखु प्रहरी चौकीमा बन्दी बनाएको सम्बद्ध पार्टीले जनाएको छ ।
त्यसैगरी भित्तेलेखनको क्रममा बुधबारै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका ढोग प्रसाद उपाध्याय सहित असल मोक्तान र मेजरमान थिङलाई प्रहरीले काभ्रेको २८ किलोबाट गिरफ्तार गरेको थियो । उहाँहरुलाई काभ्रेको धुलिखेल जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

