वि.सं.२०८३ साउन ६ बुधवार
Dish Home Long Ad
कित्ताकाट, नामसारीलगायत जग्गासम्बन्धी सबै काम फुकाउने गरी भूउपयोग नियमावली पारित
Prabhu Bank AD

काठमाडौं । सरकारले लामो समयदेखि रोकिएको जग्गाको कित्ताकाट खोल्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले भूउपयोग नियमावली पास गरेसँगै कित्ताबाट खोल्न बाटो खुलेको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले कित्ताकाट, नामसारीलगायत जग्गासम्बन्धी हालसम्म रोकिएक सबै काम फुकाउने गरी भूउपयोग नियमावली पारित भएको जानकारी दिए ।

‘जग्गाको कित्ताकाटसम्बन्धी अहिलेसम्म रोकिएको अवस्था थियो, कित्ताकाट नामसारीलगायतका जग्गासम्बन्धी हालसम्म रोकिएका सबै कामलाई फुकाउने गरी भूउपयोग नियमावली क्याबिनेटले पास गरेको छ,’ मन्त्री ज्वालाले भने ।

Prabhu Bank AD

सम्बन्धित खवर