वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
अमेरिकी ‘ग्लोबल एन्टी–करप्सन’ संयोजकले किन भेटे सिआइबी प्रमुख र अख्तियार प्रमुखलाई ?
Prabhu Bank AD

काठमाडौं । राजनीतिक अस्थिरता, व्यापक भ्रष्टाचार, चन्दा आतंक–धम्की, कर प्रशासन, आप्रवासनसम्बन्धी जटिल नियम, ट्रेड युनियनले गर्ने हड्ताल आदि नेपालमा लगानीका प्रमुख अवरोधहरु भनेर हालै प्रतिवेदन सार्वजनिक गरेको अमेरिकाले ग्लोबल एन्टी करप्सनका संयोजक रिचार्ड नेफ्युलाई नेपाल भ्रमणमा पठायो । नेफ्यु विदेशमन्त्री एन्टोनी ब्लिन्केन र उपविदेशमन्त्री उज्रा जियाको मातहतमा रहेर काम गरिरहेका छन् । उनी बंगलादेश, श्रीलंका हुँदै अगस्ट १० मा नेपाल भ्रमण गरी उनी अगस्ट १२ मा भारत गएका छन् । उनले नेपालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सिआइबी प्रमुख र नागरिक समाजका प्रतिनिधिसँग भेटघाट गरी फर्किएका छन् ।

भेटका अवसरमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी अभियानमा अमेरिका र नेपालबीच हुनसक्ने सहयोग, समन्वय र सहकार्य तथा भ्रष्टाचार सम्बन्धी अन्तर्राष्ट्रिय सूचना आदानप्रदानका विषयमा छलफल भएको स्रोतको दाबी छ । उनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक किरण बज्राचार्यसँग सबैभन्दा सुरुमा भेटेका थिए । सोही दिन दिउँसो उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि भेटवार्ता गरे । उनले सिआइबी प्रमुखसँग एकघण्टा लामो कुराकानी गरेका थिए भने अख्तियार प्रमुखबाट भ्रष्टाचारका विषयमा ब्रिफिङ लिएका थिए ।


सिआइबीले पछिल्लो पटक एक क्विन्टल सुन प्रकरण, बालुवाटारको ललिता निवास काण्डको अनुसन्धान र छानबिनमा सक्रिय छ । सोही क्रममा रिचार्डसँग भएको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।


रिचार्ड आएपछि युएसएडमार्फत् नेपालमा भएको लगानीको बारेमा अर्थमन्त्री प्रकाशशरण महतको उपस्थितिमा समीक्षा बैठक समेत गरेका थिए ।

Prabhu Bank AD

सम्बन्धित खवर