काठमाडौं । २०७४ यता नेपाली वाणिज्य बैंकमा ५९ अर्ब १७ करोड रुपैयाँ ऋण लगानी गरेको केन्द्रीय बैंकले जनाएको हो। नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले हालसम्म एक दर्जन वाणिज्य बैंकले वैदेशिक ऋण दायित्व भुक्तानी गर्नुपर्ने देखिएको बताए। उनले भने, ‘२०७४ यता वाणिज्य बैंकहरुले भित्र्याएर तिर्न बाँकी दायित्व ५९ अर्ब १७ करोड रुपैयाँ छ।’ भुक्तानी भइसकेको ऋणको दायित्व विवरणमा समावेश नरहेको पोखरेलले जानकारी दिए।
कुन बैंकले कति लिएका छन् ऋण ?
एनएमबी बैंकले २०७४ चैत १३ गते विश्व बैंक सदस्य संस्था अन्तर्राष्ट्रिय वित्त निगम ९आईएफसी०सँग १ अर्ब ५० करोड रुपैयाँ ९एक करोड ५० लाख डलर० ऋण लिने सम्झौता गरेको थियो। त्यसको केही समयमा ऋण ल्याउन ल्याउन सफल भएको थियो।
त्यसयता एक दर्जन वाणिज्य बैंकले विदेशी ऋण भित्र्याउन सफल भएका छन्। तिनमा एनएमबी बैंकबाहेक माछापुच्छ्रे बैंक, तत्कालीन मेगा बैंक ९नेपाल इन्भेष्टमेन्ट मेगा०, सानिमा बैंक, लक्ष्मी बैंक, ग्लोबल आईएमई बैंक, सनराइज बैंक र एभरेष्ट बैंकलगायतले विदेशबाट ऋण भित्र्याएका छन्।
एनएमबी बैंकले तेस्रो पटक गरी कुल ८ अर्ब बढी विदेशी ऋण ल्याउन सफल देखिएको छ। त्यस्तै गत साउन २५ गते सानिमा बैंकले आईएफसीबाट २० मिलियन डलर विदेशी ऋण ल्याउने सम्झौता गरेको थियो। बैंकले त्यसअघि पनि ऋण ल्याइसकेको थियो। हालसम्म सानिमा बैंकले विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुबाट ४५ मिलियन डलर विदेशी मुद्रा ल्याइसकेको सानिमा बैंकले जनाएको छ। जसमा बैंकले १५ मिलियन डलर ऋण भुक्तानी समेत गरिसकेको छ।
यता माछापुच्छ्रे बैंकले २०७६ माघमा १ अर्ब रुपैयाँ ९अमेरिकी डलर १० मिलियन० बढी रकम ल्याएको थियो भने मेगा बैंकले २ अर्ब २५ करोड रुपैयाँ र लक्ष्मी बैंकले २०७७ असारमा २ अर्ब ४३ करोड रुपैयाँ ९अमेरिकन डलर २० मिलियन० वैदेशिक मुद्रामा ऋण भित्र्याएकोे थियो।
यसैगरी २०७८ मंसिरमा ग्लोबल आईएमई बैंकले ३ अर्ब रुपैयाँ ९अमेरिकी डलर २५ मिलियन० ऋण ल्याएको थियो। बैंकले बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुपबाट विदेशी मुद्रा ल्याएको बताएको छ। ग्लोबल आईएमईले आईएफसीबाट पनि २ अर्ब २० करोड नेपाली रुपैयाँ ९अमेरिकन डलर २ करोड० विदेशी ऋण ल्याएको छ।
यस्तै, सनराइज बैंकले गत असारमा २ अर्ब ३७ करोड रुपैयाँ ९अमेरिकी डलर १ करोड ८६ लाख० को वैदेशिक ऋण भित्र्याएको छ। बैंकले जेनेभाको सिम्बायोटिक्स एसएबाट ३ वर्षको लागि सो विदेशी ऋण भित्र्याएको हो। यस्तै, एभरेष्ट बैंकले कतारको दोहा बैंकबाट २० मिलियन डलर विदेशी ऋण ल्याएको बैंकले जनाएको छ।
गत वर्ष विदेशी मुद्राको सञ्चिति घट्दै गइरहेको अवस्थामा बैंकहरूले वित्तीय स्रोत अभावबाट मुक्त हुन विदेशी संस्थाबाट ऋण लिने क्रमलाई बढाएका थिए।
तत्काल तरलता संकट समाधान नहुने भएपछि नेपाली बैंकहरुले विदेशी संस्थाबाट ऋण लिन थालेको राष्ट्र बैंकले उल्लेख गरेको छ। राष्ट्र बैंकका अनुसार चालू आवमा मात्र बैंकहरुले चार अर्ब ६३ करोड कर्जा विदेशबाट भित्र्याएका छन्। बैंकहरूले भित्र्याएको ऋणमध्ये आईएफसीको धेरै छ । यसबाहेक केही ऋण स्विट्जरल्यान्ड, जर्मनी, दुबई, सिंगापुरबाट समेत भित्रिएको छ। बैंकहरूले आफ्नो प्राथमिक पुँजीको शतप्रतिशतसम्म विदेशी बैंकबाट ऋण लिनसक्ने प्रावधान छ।
केन्द्रीय बैंकले पछिल्लो समयमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनीका साथै लघुवित्तले समेत विदेशबाट ऋण लिन सक्ने व्यवस्था गरेको छ । बैंकहरूले उक्त ऋण नवीकरणीय ऊर्जा उत्पादन तथा प्रसारणलाइन, सडक, सुरुङमार्ग, विमानस्थल, केबलकार, पुलजस्ता भौतिक पूर्वाधार, विदेशी मुद्रा आर्जन गर्ने पर्यटन, कृषिक्षेत्र, साना तथा मझौला उद्योग, अन्य उत्पादनमूलक उद्योग र उत्पादनमूलक क्षेत्रका साथै लघुवित्त क्षेत्रमा लगानी गर्न पाउँछन्।
पछिल्लो समय वाणिज्य बैंकहरु व्यवसाय ठप्प गरी कर्जा असुली र निक्षेप बढाउनतिर केन्द्रित हुँदा तरलता सहज बन्दै गएको देखिएको छ। गत वर्ष औसत ९० प्रतिशत माथि पुगेको कर्जा निक्षेप अनुपात ९सीडी रेसियो०मा समेत सुधार आएको छ। २०७९ चैत १० गतेसम्म आइपुग्दा औसत सीडी रेसियो ८५।६५ प्रतिशत छ। यसले पनि बैंकहरु कर्जा लगानी गर्न सक्ने अवस्थामा रहेको देखाउँछ। चैत १० गतेसम्म वाणिज्य बैंकहरुमा ४७ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप जम्मा भएको छ। सोही अवधिमा वाणिज्य बैंकहरुले ४२ खर्ब ७० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

