वि.सं.२०८३ भदौ ३१ बुधवार
Dish Home Long Ad
पार्टीका जिल्ला सदस्यलाई कुटपिट गर्नेलाई पक्राउ गरी कारबाही गर्न नेकपा (बहुमत) उदयपुरको आग्रह

कटारी । नेकपा (बहुमत) उदयपुरले एक वक्तव्य जारी गरी पार्टीका जिल्ला सदस्य दानबहादुर कटुवाल (रमेश)लाई कुटपिट गर्ने दोषीहरुलाई पक्राउ गरी कारबाही गर्न नेकपा (बहुमत) उदयपुरले प्रहरी प्रशासनलाई आग्रह गरेको छ । पार्टीका जिल्ला संयोजक जटिलले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो ।

विज्ञप्तिमा कटारी नपा वडा नं. १० बरडाँडा स्थित सार्वजनिक सडकबाट विद्युत पोल विस्तार गर्न लाग्दा विवाद भएर त्यस उपर छलफलका लागि वडा नं. १० का वडा अध्यक्ष लगायत समाजका भद्रभलादमी बसी छलफल गरिरहेको अवस्थामा जिल्ला पार्टी सदस्य दानबहादुर कटुवालमाथि गौरबहादुर कटुवालको नेतृत्वमा विशाल कटुवाल, पर्वत कटुवाल, प्रविण कटुवाल, सुपर कटुवाल, उषा खत्री र निमर्भला कटुवाल समेतको जत्थाले कुटपिट गरी गम्भिर घाइते बनाएको उल्लेख छ ।

घटना योजनाबद्ध घटाइएकोले दोषीहरुलाई पक्राउ गरी कानुन बमोजिम कारबाही गर्न प्रहरी प्रशासनसँग आग्रह गरिएको छ ।

सम्बन्धित खवर