वि.सं.२०८३ भदौ ३१ बुधवार
Dish Home Long Ad
नवीले बैंकले जित्याे दुईवटा अवार्ड

काठमाडौं। नबिल बैंकले डेबिट कार्ड र इ-कमर्स अक्वायरिङ बिजनेससम्बन्धी अवार्ड हात पारेको छ। बैंकले ‘एक्सिलेन्स इन कन्ज्युमर डेबिट कार्ड बिजनेस २०२२’ र ‘एक्सिलेन्स इन इ-कमर्स अक्वायरिङ बिजनेस २०२२’ दुईवटा अवार्ड जितेको छ।
बैंकले यी क्षेत्रमा उल्लेख वृद्धि गर्दै सफलता हासिल गरेको भन्दै अवार्डबाट सम्मानित भएको हो।
बुधबार काठमाडौंमा भिसा इन्टरनेसनलले आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ-पेमेन्ट्स इनोभेसन फर डिजिटल नेपाल’ मा बैंक सम्मानित भएको छ।
‘नबिल सुरुदेखि नै देशको पहिलो बैंक बन्ने दिशामा अग्रसर हुँदै आएको छ। यही अवस्थामा आज हामीले नयाँ सम्मान पाएका छौं। त्यो हामी सबैको मेहेनतले हो,’ बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले भने, ‘हामी सधैं डिजिटल सोलुसनमा ध्यानकेन्द्रित गर्दै लगानी बढाउँदै लगेका छौं। यो सम्मानले हामीलाई थप हौसला प्रदान गरेको छ।’

सम्बन्धित खवर