वि.सं.२०८३ वैशाख २ बुधवार
Dish Home Long Ad
‘महापुरुष’बाट सिने उद्योगमा नयाँ अभिनेता अरुण क्षेत्रीको उदय
Prabhu Bank AD

 

काठमाडौं । नेपाल फिल्म ‘महापुरुष’बाट सिने उद्योगमा नयाँ अभिनेता अरुण क्षेत्रीको उदय हुने भएको छ। हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको शीर्ष भूमिका रहने ‘महापुरुष’ टिमले डेब्यु अभिनेता चिनाएको छ। फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै टिमले नयाँ अभिनेता चिनाएको हो।

सार्वजनिक पोस्टरमा डेब्यु अभिनेता अरुण बाइक कुदाउँदै गरेको देख्न सकिन्छ। उनको पछाडि फिल्मका लिड क्यारेक्टर हरिवंशलाई देख्न सकिन्छ। उनीहरु बाइकमा गुड्दै गर्दा स्पिड ब्रेकरमा बाइक पुगेपछिको दृश्यलाई क्यारेक्टर पोस्टर बनाइएको छ।

फिल्ममा अरुण हरिवंशका छोराको रुपमा देखिने छन्। यो फिल्म आगामी कात्तिक ११ अर्थात् भाइटीकाको भोलिपल्टदेखि प्रदर्शनको तयारी गरिएको छ।

फिल्ममा हरिवंश, मदनकृष्ण र अरुणसँगै गौरी मल्ल, अञ्जना बराइली, रवीन्द्रसिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार लगायतका कलाकारले अभिनय रहने छ।

प्रदीप भट्टराईले निर्देशन गरेको फिल्ममा लेखन पनि भट्टराईकै छ। षट्कोण आट्र्स प्रा.लि.को ब्यानरमा निर्माण भएको फिल्ममा लगानी भने दिपेश खत्रीले गरेका हुन्।

Prabhu Bank AD

सम्बन्धित खवर