वि.सं.२०८३ भदौ ३१ बुधवार
Dish Home Long Ad
मोबाइल बैंकिङ एपलाई सिद्धार्थ बैंक स्मार्टएक्सपीमा स्तरोन्नति

 

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एपलाई सिद्धार्थ बैंक स्मार्टएक्सपीमा स्तरोन्नति ‘अपग्रेड’ गरेको छ। यसबाट एपमा हुने धोकाधडी नियन्त्रण गर्नुका साथै सर्वमाध्यम एवं बहुच्यानलमार्फत सहजै प्रयोग गर्न सकिने बैंकले जनाएको छ।

‘एफवान सफ्ट इन्टरनेशनलले प्रवर्द्धन गरेको नयाँ एप्लिकेसन बैंक एक्सपी आर्किटेक्चरमा आधारित छ, जसले प्रयोगकर्ताको कार्यक्षमताको दायरालाई अझ फराकिलो बनाउनेछ’, बैंकले भनेको छ, ‘सिद्धार्थ बैंक स्मार्टएक्सपी डिजिटल बैकिङमा सर्वव्यापी दृष्टिकोणमा आधारित छ।’

यसले ग्राहकलाई उनीहरुको मोबाइल र वेब उपकरणबाट एप्लिकेशन प्रयोग गर्नका लागि उही प्रमाणहरु (पासवर्ड) प्रयोग गरी प्रयोग गर्न सकिने बैंकको भनाइ छ।

नयाँ एप्लिकेसनमा बिल भुक्तानी, चेक बुक अनुरोध, सेल्फ पासवर्ड÷पिन रिसेट, इएपोइन्टमेन्ट, उपकरणहरुबीचको अन्तरसञ्चालन लगायतका थुप्रै सुविधा उपलब्ध छन्।

साथै सिद्धार्थ बैंक स्मार्टएक्सपीले ठगी नियन्त्रणमा नवीनतम संयन्त्रलाई पनि प्रयोग गरिरहेको जनाएको छ। एपमा प्रयोगकर्ताले लग इन गर्न खोजेको सिम नम्बर स्वतः प्रमाणित गर्ने क्षमता छ।

प्रयोगकर्ताको खातामा दर्ता भएको सिम त्यही नम्बर हो भनी प्रमाणित नभएसम्म प्रयोगकर्तालाई एप प्रयोग गर्न अनुमति नदिने बैंकले जनाएको छ।

सम्बन्धित खवर