वि.सं.२०८३ वैशाख १९ शनिवार
Dish Home Long Ad
ज्योति लाइफद्वारा मर्जर प्रस्ताव पारित, संस्थापक समूहको १९ प्रतिशत शेयर सर्वसाधारण शेयरमा परिवर्तन
Prabhu Bank AD

 

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मंगलवार विशेष साधारण सभा सम्पन्न गरेको छ। उक्त सभाले मर्जर प्रस्ताव पारित गरेको हो ।

नियमनकारी निकायको निर्देशन तथा समयानुकुल पूँजी बृद्धिको आवश्यकतालाई दृष्टिगत गरी यो निर्णय गरिएको कम्पनीले जनाएको छ । जसअनुसार सभाले सूर्या लाइफ इन्स्योरेन्स तथा ज्योति लाइफ इन्स्योरेन्स एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा मर्जर समितिबाट पेश हुन आएको प्रारम्भिक सम्झौतापत्रको मस्यौदालाई स्वीकृति गरेको छ । सभाले सो सम्झौतापत्रमा हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने तथा सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि बीमा समिति समक्ष निवेदन दिने, शेयर कारोबार रोक्काको लागि पत्राचार गर्ने विषयमा भएको संचालक समितिको निर्णय अनुमोदन गरेको छ ।

साथै कम्पनीमा संस्थापक समूह तथा सर्वसाधारण समूहको शेयर स्वामित्व संरचना क्रमश ७०स्३० को अनुपातमा रहेकोमा संस्थापक समूहको १९ प्रतिशत शेयर सर्वसाधारण शेयरमा परिवर्तन गरी कम्पनीको शेयर स्वामित्व संरचना ५१स्४९ प्रतिशतको अनुपात कायम गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ।

Prabhu Bank AD

सम्बन्धित खवर