वि.सं.२०८३ कात्तिक २७ बिहीवार
Shivam
Dish Home Long Ad
TaTa

काठमाडौ । गएका दुई दिनमा ५ हजार २ सय रुपैयाँ घटेको सुनको भाउ आज पनि घटेको छ।

तोलामा ५ हजार २ सय नै घटेर सुनको भाउ आज २ लाख ७८ हजार ३ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गएका तीन दिनमा सुनको भाउ तोलामा १० हजार ४ सय रुपैयाँ घटिसकेको छ।

सुनको भाउ हिजो तोलामा ३ हजार ६ सय घटेर २ लाख ८३ हजार ५ सय रुपैयाँमा झरेको थियो। गएको मंगलबार पनि सुनको भाउ १ हजार ६ सय रुपैयाँ घटेको थियो।

गएको शुक्रबार पनि सुनको भाउ तोलामा १० हजार पाँचसय रुपैयाँ घटेको थियो।

त्यसैगरी आज चाँदीको भाउ पनि घटेको छ।

तोलामा २५० रुपैयाँ घटेर चाँदीको भाउ आज ४ हजार २ सय ३५ रुपैयाँमा झरेको छ। हिजो चाँदीको भाउ १०५ रुपैयाँ घटेर ४ हजार ४ सय ८५ रुपैयाँ कायम भएको थियो।

गएको माघ १५ गते पनि सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो।

चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

 

Agni

सम्बन्धित खवर