वि.सं.२०८३ वैशाख ५ शनिवार
Dish Home Long Ad
सुनको मूल्यमा ऐतिहासिक गिरावट, कहिलेसम्म घट्ला
Prabhu Bank AD

 

काठमाडौ । नेपाली सुनचाँदी बजारको इतिहासमा आइतबार एउटा अविस्मरणीय दिनका रूपमा अंकित भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यी २ दिनको गिरावट नेपाली बजारले आजसम्म व्यहोरेको सबैभन्दा ठूलो गिरावट हो।

गत बिहीबार मात्रै प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँको ऐतिहासिक उचाइमा पुगेको पहेँलो धातुको मूल्य शुक्रबार एकैदिन २० हजार ५ सय रुपैयाँले घटेर ३ लाख १८ हजार आठसय रुपैयाँमा झरेको थियो। आज आइतबार एकैदिन १८ हजार ८ सय रुपैयाँले घटेर ३ लाख रुपैयाँमा झरेको छ।

चाँदीको भाउमा पनि उच्च गिरावट आएको छ। चाँदी प्रतितोला १ हजार ५ सय ६५ रुपैयाँले ओरालो लागेर ५ हजार ५ सय रुपैयाँमा कायम भएको छ। बजारमा देखिएको यो ुक्र्यासु ले आम उपभोक्ता र लगानीकर्ता दुवैलाई स्तब्ध बनाएको छ।

ुफाइनान्सियल टाइम्सुको पछिल्लो विश्लेषणलाई आधार मान्ने हो भने अहिलेको उतारचढाव केवल सामान्य घटबढ मात्र होइन, बरु विश्व अर्थतन्त्रमा हुन लागेको ठूलो परिवर्तनको संकेत हो।

पछिल्ला महिनामा सुनको मूल्य लगातार बढ्नुमा अन्तर्राष्ट्रिय भू(राजनीतिक अस्थिरताले मुख्य भूमिका निर्वाह गरेको थियो। विशेषगरी मध्यपूर्वमा इरान र इजरायलबीचको तनाव तथा रुस(युक्रेन युद्धका कारण लगानीकर्ताहरूले सुरक्षित सम्पत्तिका रूपमा सुनलाई रोजेका थिए। पछिल्लो समय अमेरिका र इरानबीच केही कूटनीतिक पहलहरू सुरु भएका छन् र युद्धको त्रास केही हदसम्म घट्न थालेको संकेत सुन बजारले देखाएको हो। पछिल्लो समय सुनको मूल्य वृद्धि बढाउने अर्को पक्ष विश्वका शक्तिशाली केन्द्रीय बैंकहरू हुन्।

अमेरिकी डलरमाथिको निर्भरता कम गर्नका लागि चीन, भारत र टर्की लगायतका देशका केन्द्रीय बैंकले डलरको सञ्चिति घटाएर सुनको मौज्दात बढाउने ुडि(डलराइजेसनु नीति अख्तियार गरेका छन्। ठूला अर्थतन्त्र भएका मुलुकले नै सुन थुपार्न थालेपछि बजारमा माग र आपूर्तिको सन्तुलन बिग्रिएको हो। केही समयअघिसम्म डलर कमजोर हुँदा सुनको मूल्यले लाभ उठाएको थियो तर पछिल्लो हप्ता अमेरिकी डलर बलियो देखिँदा सुनको चमक फिक्का हुन थालेको हो।

अन्तर्राष्ट्रिय व्यापारमा डलर बलियो हुनेबित्तिकै सुनको मूल्यमा दबाब पर्नु सामान्य आर्थिक सिद्धान्त हो ।

आइतबारको यो भारी गिरावटलाई बजार विश्लेषकहरूले ुनेचुरल करेक्सनु र नाफा सुरक्षित गर्ने होडका रूपमा लिन्छन्।

सुनको मूल्यले आकाश छोएपछि ठूला लगानीकर्ताहरूले आफूसँग भएको सुन धमाधम बेचेर नाफा सुरक्षित गर्न थाले, जसले गर्दा बजारमा आपूर्ति बढ्यो र मूल्य घटेको हो।

ब्रिटिश अर्थ राजनीति विश्लेषण गर्ने म्यागेजिन ुद इकोनमिष्टुका अनुसार केही समय सुनको मूल्य अस्थिर नै रहनेछ।
डलर बलियो हुँदा सुन केही समय दवाबमा रहने देखिन्छ। विश्व अर्थतन्त्रमा ुफ्रेग्मेन्टेसनु कायमै रहेकाले सुनको मूल्य सन् २०२४ अघिको सस्तो विन्दुमा फर्कने सम्भावना निकै कम छ।

इकोनमिष्टले लेखेको छ, ‘लगानीकर्ताहरूले अब सुनलाई बढ्ने सम्पत्तिभन्दा पनि ुसुरक्षित बिमाुको रूपमा मात्र हेर्नुपर्ने देखिन्छ।’

आइतबारको यो भारी गिरावटलाई बजार विश्लेषकहरूले ुनेचुरल करेक्सनु अर्थात् प्राकृतिक सुधारका रूपमा पनि व्याख्या गरेका छन्।

सुनको मूल्यले जब आकाश छुन्छ, तब ठूला संस्थागत लगानीकर्ताहरूले आफूसँग भएको सम्पत्ति बेचेर नाफा सुरक्षित गर्ने प्रयास गर्छन्। जब धेरैले एकैपटक नाफा लिनका लागि सुन बेच्न थाल्छन्, बजारमा त्यसले धक्का दिन्छ।

नेपाली बजारमा देखिएको यो अवस्था पनि त्यही अन्तर्राष्ट्रिय प्रवृत्ति प्रतिविम्ब हो। डलरको विनिमय दरमा आएको सुधार र लगानीकर्ताको बदलिनुले नै आज सुनलाई ३ लाखको मनोवैज्ञानिक विन्दुमा ओरालेको हो। सुनको भविष्य अब कता जान्छ भन्ने प्रश्न निकै सम्वेदनशील कुरा हो। योसँग देश(देशको राजनीति, युद्ध र विश्व अर्थव्यवस्था पनि जोडिएर रहन्छन्। बेलायती आर्थिक पत्रिका द इकोनोमिस्टले अलि भिन्न र दीर्घकालीन दृष्टिकोण बाहिर ल्याएको छ।

डलर बलियो रहिरहँदासम्म सुनको मूल्यमाथि दबाब परिरहने निश्चित छ। तर, विश्व अर्थतन्त्र अझै पनि पूर्ण रूपमा स्थिर भइनसकेको र विभिन्न देशबीचको आर्थिक ुफ्रेग्मेन्टेसनु कायमै रहेकाले सुनको मूल्य सन् २०२४ अघिको सस्तो विन्दुमा फर्कने सम्भावना भने निकै न्यून छ। यसको अर्थ मूल्य घटे पनि यो एउटा निश्चित सीमाभन्दा तल जाने सम्भावना देखिँदैन।

Prabhu Bank AD

सम्बन्धित खवर