वि.सं.२०८३ असोज ४ आइतवार
Dish Home Long Ad
दिल्लीमा प्रचण्डको भेट भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग

काठमाडौँ — भारत भ्रमणमा रहेका नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट गरेका छन्। पार्टी कार्यक्रमका लागि भारत पुगेका दाहालले दिल्ली उत्रिएलगत्तै आइतबार साँझ डोभालसँग भेट गरेका हुन्। डोभाल स्वयं दाहाल बसेको होटल ताजमान सिंहमा पुगेर भेटवार्ता गरेका थिए।

भेटघाटलाई गोप्य राख्न खोजिएको स्रोतले जनाएको छ। स्रोतका अनुसार दाहाल र डोभालबीच एक घण्टाभन्दा बढी समय छलफल भएको थियो। त्यसैगरी, दाहालको भेट सत्तारुढ भारतीय जनता पार्टीका केही नेताहरूसँग पनि भएको बताइएको छ।

दाहालले पार्टी कार्यक्रममा सहभागी हुन भन्दै दिल्ली यात्रा तय गरेका थिए। उनी सोमबार साँझ नै काठमाडौं फर्किने तयारीमा छन्।

सम्बन्धित खवर