वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
केरुङमा रोकिएका नेपालीलाई तातोपानी नाकाबाट नेपाल ल्याइने पक्का
Prabhu Bank AD

काठमाडौं । केरुङमा रोकिएका नेपालीहरुलाई तातोपानी नाकाबाट नेपाल ल्याइने पक्का भएको छ ।
गत असार २४ गतेको ल्हेन्दे खोलाको बाढीले मितेरी पुल बगाएपछि केरूङमा रोकिएका नेपालीलाई सिन्धुपाल्चोकको तातोपानी नाकाबाट नेपाल ल्याइने प्रक्रिया अघि बढाइएको हो ।जिल्ला प्रशासन कार्यालय रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार यसका लागि चीन सरकारसँग कैटनैतिक पहल समेत थालिएको छ ।

‘केरुङ नाका पूर्णरुपमा अवरुद्ध भएपछि तातोपानी नाकाबाट नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको हो । यसका लागि चिनियाँ पक्षसँग समेत कुटनैतिक पहल गरिएको छ’ पौडेलले भने । कामको सिलसिलामा त्यहाँ रहका तथा कन्टेनरहरुका चालक सहचालकलाई प्राथमिकतामा राखेर जतिसक्दो चाँडो वैकल्पिक मार्गबाट नेपाल ल्याउने पहस सुरु गरिएको उनको भनाइ छ । गत असार २४ गते बिहान चीनतर्फबाट आएको हिमबाढी भोटेकोशीमा मिसिँदा विनाशकारी बनेको थियो । बाढीमा परी ११ शव र मानवअंगहरू फेला परेका छन् भने १८ जना सम्पर्कविहीन छन् ।

बाढीले नेपाल–चीन मितेरी पुल भत्काइदिनुका साथै रसुवागढी–स्याफ्रुबेसी खण्डको १६ किलोमिटर क्षेत्रको सडक पूर्णरुपमा अवरुद्ध भएको छ । सुवागढी सुक्खा बन्दरगाह, सो क्षेत्रमा पर्ने तीनवटा जलविद्युत आयोजना र भन्सार क्षेत्रबाट करिब एक सय गाडीहरु बगाएको थियो ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय