वि.सं.२०८३ मंसिर ९ मंगलवार
Shivam
Dish Home Long Ad
TaTa
सेयर बजारमा ४७ अंकको गिरावट

काठमाडौँ । यो साता सेयर बजारमा ४७ अंकको गिरावट आएको छ । गत बिहीबार २६३५ अंकमा पुगेर कारोबार रोकिएको थियो । आज साताको अन्तिम कारोबार दिन २५८८ अंकमा झरेको छ ।

यो साताको आइतबार बजार २५ अंकले घटेको थियो । सोमबार १५ अंकले घट्यो भने मंगलबार माघीका कारण बजार बन्द रह्यो । बुधबार बजार स्थिरजस्तै देखियो ।

बुधबार बजारमा १।८३ अंकको सामान्य वृद्धि देखियो । आज बिहीबार बजार पुनः ७ अंकले झरेको छ । यो साता कारोबार रकममा पनि ठुलो उतारचढाव देखियो ।

गएको बिहीबार बजारमा ७ अर्ब २३ करोडको कारोबार भएको थियो । आज ५ अर्ब ९३ करोडको कारोबार भएको छ । आइतबार यो साताको सबैभन्दा कम ३ अर्ब ९४ करोडको कारोबार भएको थियो ।

Agni

सम्बन्धित खवर