काठमाडौं– नबिल बैंक र नेपाल बंगलादेश बैंकले मर्ज ‘प्राप्ति को अन्तिम स्वीकृति पाएका छन्। नेपाल राष्ट्र बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले यी बैंकलाई प्राप्तिको अन्तिम स्वीकृति दिएको छ।
नबिलले एनबीलाई १००ः४३ को स्वाप रेसियोमा प्राप्ति गर्दैछ। दुई बैंकबीच गत पुष २९ गते प्रारम्भिक सम्झौता गरेका थिए।
केन्द्रीय बैंक फागुन २९ गते प्राप्तिको सैद्धान्तिक सहमति दिएको थियो। दुवै बैंकको जेठ ७ गते बसेको विशेष साधारणसभाले प्राप्तिको प्रस्ताव पारित गरेका थिए।

