वि.सं.२०८३ जेठ १६ शनिवार
Dish Home Long Ad
नेपाल र चीनबिच राँगाभैंसीको मासु निर्यात गर्ने सम्झाैतामा हस्ताक्षर
Prabhu Bank AD

काठमाडौं । नेपाल र उत्तरी छिमेकी चीनबीच राँगाभैंसीको मासु निर्यात गर्ने सम्बन्धी सम्झौता भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सम्पन्न भएलगत्तै दुई देशबीच सोमबार यस्तो सम्झौता भएको हो।
नेपालको तर्फबाट कृषिमन्त्री रामनाथ अधिकारी लगायतका सरकारी अधिकारी र चीनको तर्फबाट नेपालका लागि चिनियाँ राजदूतको उपस्थितिमा हिमालयन फुड इन्टरनेसनल प्रालि र चीनको सांघाई जियान फुड प्रालिबीच सम्झौता भएको हो।
यो सम्झौतापछि नेपाल–चीनबीच पशुजन्य उत्पादनको व्यापार सहजीकरणमा सहज हुने मन्त्री अधिकारीको भनाइ छ। प्रधानमन्त्री ओलीको चीन भ्रमणका बेला पनि यो विषय समेटिएको थियो।
सम्झौताप्रति चिनियाँ राजदूत चेन सोङले खुसी व्यक्त गरेका छन्। सम्झौतालाई गेमचेन्जिङ भन्दै उनले यसबाट नेपालका ग्रामिण क्षेत्रका दशौं हजार किसानलाई राहात पुग्ने बताएका छन्।
‘सम्माननीय प्रधानमन्त्रीको सफल भ्रमण लगत्तैर चीनमा भैंसीको मासु निर्यात सम्झौता भएको छ,’ उनले सामाजिक संजालमा एक्समा लेखेका छन्, ‘नेपालको लागि गेमचेन्जिङ (रुपान्तरणकारी) हुने प्रशोधित भैंसीको मासु उत्पादन निर्यात परियोजनाको लागि चीनसँग रणनीतिक सहकार्य अन्तर्गत सम्झौतापत्रमा आज हस्ताक्षर भयो,’ उनले लेखेका छन्, ‘यसले दशौं हजार ग्रामीण परिवारहरूलाई फाइदा पुर्‍याएको छ।’

Prabhu Bank AD

सम्बन्धित खवर