वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
सुनको मूल्य आज अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड
Prabhu Bank AD

 

काठमाडौं । सुनको मूल्यले आज फेरि अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड कायम गरेको छ।

भदौ महिनाभरि उच्च मूल्यको कीर्तिमान बनाएको सुनले असोजको पहिलो साता पनि नयाँ कीर्तिमान कायम गरिरहेको छ।
आज सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज सुनको मूल्य १ लाख ५९ हजार दुई सय छ। यो हालसम्मकै सर्वाधिक उच्च मूल्य हो। हिजो सुनको मूल्य १ लाख ५८ हजार ८ सय रुपैयाँ प्रतितोला थियो। आज सुन तोलामा चार सय रुपैयाँ वृद्धि भएको छ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने हिजोकै यथावत छ। चाँदीका मूल्य आज १ हजार ९ सय २० रुपैयाँ कायम रहेको छ।

Prabhu Bank AD

सम्बन्धित खवर