वि.सं.२०८३ मंसिर ९ मंगलवार
Shivam
Dish Home Long Ad
TaTa
नेपालमा सङ्घीय सरकारले जारी गरेको तथ्याङ्क अनुसार देशमा करिब ९२ प्रतिशत धान रोपाइँ सम्पन्न

नेपालमा सङ्घीय सरकारले जारी गरेको तथ्याङ्क अनुसार देशमा करिब ९२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । धान रोपाइँको यो तथ्याङ्क भने अनुमानमा आधारित छ ।

कृषि सम्बन्धी तथ्याङ्क सङ्कनको प्रक्रिया वैज्ञानिक नरहेको पाइएको हो । पालिकाले अनुमानका भरमा जिल्ला अन्तर्गतको कृषि ज्ञान केन्द्रलाई तथ्याङ्क उपलब्ध गराउने र ज्ञान केन्द्रले प्रदेश अन्तर्गतको कृषि मन्त्रालय वा कृषि निर्देशनालयमा सोही तथ्याङ्क उपलब्ध गराउने गर्दछन् । त्यसपछि ज्ञान केन्द्रबाट आएको तथ्याङ्कलाई निर्देशनालयले कृषि विभाग अन्तर्गतका सम्बन्धित निकायमा उपलब्ध गराउँछ । त्यसपछि विभागले केन्द्रस्तरको कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई तथ्याङ्क उपलब्ध गराउँछ ।

यसरी देशभरको कृषिको तथ्याङ्क मन्त्रालयले सार्वजनिक गर्दछ । तर कृषिको तथ्याङ्क सङ्कलन गर्ने तल्लो तह अर्थात् पालिकाले नै अनुमानमा आधारित रहेर बनाएको तथ्याङ्क विभिन्न तह हुँदै केन्द्रसम्म आइपुग्ने गरेको हो ।

देशभर बर्खामा १३ लाख ९८ हजार २७३ क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएको छ । यसमध्ये सबैभन्दा बढी मधेस प्रदेशमा ३ लाख ११ हजार क्षेत्रफलमा धान रोपाइँ हुने सरकारी अनुमान छ । कृषि तथ्याङ्क सङ्कलन हुने प्रक्रिया बुझ्नका लागि सो प्रदेशको धान रोपाइँ सम्पन्न भएको तथ्याङ्क सङ्कलन प्रक्रिया यहाँ उल्लेख गरिएको छ ।

Agni

सम्बन्धित खवर