वि.सं.२०८३ मंसिर ९ मंगलवार
Shivam
Dish Home Long Ad
TaTa
ट्रम्प अमेरिकी राष्ट्रपति बनोस् भन्ने चाहन्छन् उत्तर कोरियाली राष्ट्रपति किम

उत्तर कोरियाका नेता किम जोङ उन डोनाल्ड ट्रम्प अमेरिकाको नयाँ राष्ट्रपति बनोस् भन्ने चाहन्छन्। बीबीसीसँग कुराकानी गर्दै उत्तर कोरियाबाट भागेका एक वरिष्ठ अधिकारीले सो कुरा बताएका हुन् ।

रि इल क्यू सन् २०१६ यता उत्तर कोरियाबाट भाग्ने उच्च पदस्थ अधिकारी हुन्। रि सात पटक किम जोङ उनसँग आमनेसामने भइसकेका छन् । दक्षिण कोरिया भाग्नुअघि उनी क्युबामा उत्तर कोरियाका लागि काम गर्दै थिए ।

किम सामान्य व्यक्ति जस्तै देखिने रिले बताए । तर आफ्नो अस्तित्वका लागि उनले जे पनि गर्न सक्छ भन्नेमा कुनै शङ्का नरहेको रिको भनाई छ । आवश्यक परेमा किमले उत्तर कोरियाका २ करोड ५० लाख मानिसलाई मार्न सक्ने रिले दाबी गरे ।

ट्रम्प र किमबिच २०१९ मा वार्ता सकिएपछि पनि उत्तर कोरियाले परमाणु कार्यक्रममा ट्रम्पसँग वार्ता गर्न सकिन्छ भन्ने महसुस गरेको रिले बताए । ट्रम्पले यसअघि नै किमसँगको सम्बन्धलाई आफ्नो राष्ट्रपति कार्यकालको महत्त्वपूर्ण उपलब्धिको रूपमा व्याख्या गरिसकेका छन् ।

गत महिना एक र्‍यालीमा डोनाल्ड ट्रम्पले किमले आफूलाई राष्ट्रपति कार्यालयमा फेरि भेट्न चाहेको बताएका थिए । ट्रम्पले भनेका थिए, मलाई लाग्छ किम जोङ उनले मलाई याद गर्छन्।ु

उत्तर कोरियाले ट्रम्पसँगको राम्रो सम्बन्धको फाइदा उठाउन चाहेको रिले बताएका छन् । तर, गत महिना उत्तर कोरियाले औपचारिक रूपमा अमेरिकाको राष्ट्रपति को बन्ने भन्ने कुराले फरक नपर्ने बताएको थियो ।

उत्तर कोरियाले आफ्ना आणविक हतियारलाई कहिल्यै नष्ट नगर्ने रिको भनाई छ । बरु, उसले आफूमाथि लगाइएको प्रतिबन्ध हटाउने बदलामा आफ्नो आणविक कार्यक्रम रोक्ने सम्झौतामा पुग्ने प्रयास गर्ने उनले बताए।

Agni

सम्बन्धित खवर