वि.सं.२०८३ जेठ १९ मंगलवार
Dish Home Long Ad
प्यालेस्टाइनमा इजरायलले गरिरहेको नरसंहार विरुद्ध काठमाडौंमा आज प्रदर्शन
Prabhu Bank AD

 

काठमाडौं । इजरायलले प्यालेस्टाइनका अस्पताललाई लक्षित गरेर बिरामी, बालबालिका, महिला, ज्येष्ठ नागरिक लगायत माथि गरिरहेको आक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ।

प्यालेस्टाइनमाथि इजरायलले जारी राखेको नरसंहार विरुद्ध राष्ट्रिय क्रान्तिकारी मोर्चाले आइतबार काठमाडौंमा विरोध सभा आयोजना गरेको हो। विरोध सभामा बोल्दै मोर्चाका संयोजक सन्तबहादुर नेपाली, पूर्व सांसद परी थापा, लोकनारायण सुवेदी, मोहन खतिवडा लगायतले प्यालेस्टाइनमा भइरहेको नरसहार तत्काल रोक्न माग गरे। खासगरी गाजा क्षेत्रमा मानवीय सहायता पुर्‍याउन उनीहरूको माग रहेको छ ।

प्यालेस्टिनी विद्रोही समूह हमासले २०८० असोज १० मा गाजा क्षेत्रसँग जोडिएको इजरायलमा आक्रमण गर्दा १० नेपाली सहित एक हजार २०० भन्दा बढीको ज्यान गएको थियो। हमासले आक्रमण गर्दा इजरायलमै रहेका कञ्चनपुरका विपिन जोशीको अवस्था हालसम्म अज्ञात छ।

त्यो घट्नापछि इजरायलले गाजामा नरसंहार मच्चाइरहेको छ। त्यस यता प्यालेस्टाइनमा मृत्यु हुनेको संख्या कम्तिमा ३९ हजार १७० पुगेको बीबीसीले जनाएको छ।

नेपाल सरकारले भने इजरायलमा नेपाली कामदार पठाउने प्रक्रिया अगाडि बढाएको छ।

Prabhu Bank AD

सम्बन्धित खवर