काठमाडौं । बिहीबार बसेको प्रतिनिधि सभा बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ।
प्रधानमन्त्री तथा मन्त्रीहरू उपस्थित नभएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित भएको जानकारी दिएको हो ।
प्रतिनिभि सभाको अर्को बैठक अब शुक्रबार बिहान ११ बजे बस्नेछ। शुक्रबारकै बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिने कार्यक्रम छ।
सरकारका प्रतिनिधि सदनमा नभएकै कारण यसअघि सवा १ बजे बोलाइएको राष्ट्रिय सभा बैठक पनि बस्न सकेको थिएन।


