वि.सं.२०८३ वैशाख १९ शनिवार
Dish Home Long Ad
पेट्रोलियम पदार्थमा लगाइएको कर तत्काल हटाउन जोडदार माग
Prabhu Bank AD

काठमाडौं । राष्ट्रिय स्वाधीनता, जनगणतन्त्र र जनजीविकाका सवालहरुलाई लिएर निरन्तर रुपमा सडक आन्दोलनको नेतृत्व गर्दै आएको नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध जनवर्गीय संगठन तथा जातीय मोर्चाहरुले संयुक्त रुपमा चर्को मूल्यवृद्धि र आकाशिदो महंगीको विरोधमा शुक्रबार प्रदर्शन गरेका छन् । आयल निगमले पटकपटक गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजीको माग गर्दै टेकुस्थित आयल निगमको कार्यालय अगाडि उनीहरुले धर्नासहितको विरोध प्रदर्शन गरेका हुन् ।

त्रिपुरेश्वरबाट निकालिएको विरोध जुलुस टेकुस्थित आयल निगमको गेटमा पुगेर विरोध सभामा परिणत भएको थियो । विरोसभालाई देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका महासचिव परि थापा लगायत जवस मोर्चाका नेताहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्न र आकाशिदो बजार भाउलाई नियन्त्रण गर्न सरकारसँग जोडदार माग गरे ।

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, क्रान्तिकारी युवा लिग, अखिल क्रान्तिकारी, अनेमसंघ क्रान्तिकारी, नेपाल दलित मुक्ति मोर्चा, अखिल नेपाल आदिवासी जनजाति महासंघ, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) लगायत नेकपा क्रान्तिकारी माओवादी सम्बद्ध जनवर्गीय संगठन र जातीय मोर्चा संगठनहरुको आयोजनामा पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोग्य वस्तुको अनियन्त्रित बजार मूल्य, अमेरिका र नेपाल बिच भएको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) विरुद्ध विरोध प्रदर्शनको आयोजना गरिएको थियो ।

‘पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको मारले सवारी साधन चलाउन नसकेको जनाउ स्वरुप सांकेतिक रुपमा त्रिपुरेश्वरबाट मोटरसाइकल डोर्‍याइ आयल निगमको केन्द्रीय कार्यालय टेकु पुगेर विरोध सभा सम्पन्न गरिएको हो ।

नेपाल आयल निगमले पछिल्लो पटक २१ रुपैयाँ वृद्धि गरि पेट्रोलको मूल्य १९९ र डिजेलको मूल्य १९२ पु¥याएको थियो । क्रान्तिकारी माओवादी सम्बद्ध जवस मोर्चाका नेताहरुले पेट्रोलियम पदार्थमा लगाइएको ६५ भन्दा बढी रुपैयाँ कर तत्काल हटाउनु पर्ने माग गरेका छन् ।

Prabhu Bank AD

सम्बन्धित खवर