काठमाडौँ । नयाँ सडकलाई मूलबाटो खुम्च्याएर पैदलमार्ग विस्तार गर्न लागेको विरोधमा स्थानीयवासीहरुले सोमबार प्रदर्शन गरेका छन् । काठमाडौं महानगरपालिकाको योजना ठिक नभएको भन्दै स्थानीयले मानव साङ्लो बनाएर विरोध प्रदर्शन गरेको हो ।

सडक सानो बनाएर फुटपाथ बढाउँदा कस्तो हुन्छ भनेर देखाउन खोजेको स्थानीयले बताए । स्थानीयहरुले सडकको दुवै तर्फबाट मानव साङ्लो बनाएर करिब एक घण्टा प्रदर्शन गरेका थिए ।
प्रदर्शनकारीले प्रदर्शनको क्रममा ऐतिहासिक सडक भत्काउँन पाइँदैन भन्ने नारा लगाएका थिए ।

