वि.सं.२०८३ जेठ १९ मंगलवार
Dish Home Long Ad
आज बसेको कार्यदल बैठक निष्कर्षविहीन
Prabhu Bank AD

 

काठमाडौँ । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समिति बनाउनेबारे टीओआर तय गर्न आज बसेको कार्यदलको बैठक निष्कर्षविहीन बनेको छ । सिंहदरबारमा आइतबार दिनभर बसेको कार्यदलको बैठकमा गृहमन्त्री रवि लामिछानेको विषय कसरी समेट्ने भन्नेबारे सहमति जुट्न नसकेपछि निष्कर्षविहीन बनेको हो ।

नेताहरुले आइतबार साँझ फेरि बैठक बसेर सहमतिका लागि प्रयास हुने बताएका छन् । बैठकपछि कांग्रेस नेता तथा कार्यदलका सदस्य जीवन परियार गृहमन्त्री रवि लामिछानेमाथि राज्यको निकायले छानबिन गर्न सक्दैन भनेर नै आफूहरुले संसदीय छानबिन समितिको माग गरेको बताए । तर, त्यही कुरामा सहमति नभएको उनले बताए । यद्यपि विश्वासको वातावरण बनिरहेकाले साँझ बस्ने बैठकमा सहमति जुट्ने विश्वास व्यक्त गरे ।

यस्तै रास्वपाका नेताा समेत रहेका कार्यदलका अर्का सदस्य शिशिर खनालले समग्र सहकारीको विषय भन्दा पनि कांग्रेसले गृहमन्त्रीलाई फोकस गरिरहेको बताए । गृहमन्त्री अहिले नै दोषी छ भन्ने भाषाको ड्राफ्ट कांग्रेसले ल्याएकाले स्वीकार्न सहज नभएको बताए ।

Prabhu Bank AD

सम्बन्धित खवर