वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
आज अपाङ्गता भएका व्यक्तिहरूको भृकुटीमण्डप क्षेत्रमा प्रदर्शन, सवारी आवागमन प्रभावित
Prabhu Bank AD

 

काठमाडौँ । सरकारले गरेका सहमतिहरूको पालना नभएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूले राजधानीको भृकुटीमण्डप नजिकै मुख्य सडकमा प्रदर्शन गरिरहेका छन् । करिब दुई घण्टादेखि जारी प्रदर्शनले भृकुटीमण्डप आसपासको सडक अस्तव्यस्त बनेको छ ।

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली २०७७ को नियम ९ मा सामुदायिक सहायता सेवाको व्यवस्था छ । सामुदायिक सहायता सेवा २०८१ वैशाख १ गतेबाट सुरुवात गर्ने सरकारसँग सहमति भएको थियो ।

कार्यक्रम र मापदण्डको मस्यौदा प्रतिवेदन दुई हप्ताभित्र तयार गरी पेस गरी कार्यान्वयनमा लैजाने सहमति भए पनि अहिलेसम्म कार्यान्वयन नभएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूले प्रदर्शन गरेका हुन् ।

Prabhu Bank AD

सम्बन्धित खवर