वि.सं.२०८३ जेठ १६ शनिवार
Dish Home Long Ad
‘एमसीसी के हो ? ‘व्याख्यात्मक टिप्पणी के भो ?’ भन्दै युवा संघको काठमाडौंमा विरोध प्रदर्शन
Prabhu Bank AD

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले माइतीघर मन्डलामा राष्ट्रियताका लागि युवा दबाब कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रिय युवा संघ लेपालले नेपाली नोटमा नेपालको नक्सा छाप्ने सरकारको निर्णयलाई समर्थन गर्दै त्यसकाविरुद्ध बोल्ने भारत र नेपालका रास्ट्रपति रामचन्द्र पौडेलको सल्लाहकारको विज्ञप्तिप्रति आपत्ति जनाउदै आन्दोलन गरेको हो ।

देशमा रोजगारीको सिर्जना नगरी रुसी सेनामा जान बाध्य पारेको भन्दै सरकारलाइ ध्यानाकर्षण समेत गराएका थिए । देशका युवाको अवस्थालाई सरकारले बेवास्ता गरेको भन्दै युवासंघले आपत्ति जनाएको थियो ।

नेकपा (एस) का युवाहरुले राष्ट्रियतालाई बलियो बनाउन, जनजीवनलाई सहज बनाउन, साथै भ्रष्टाचार र बेथितिविरुद्ध ‘हाम्रो नोटमा हाम्रै देश’ आन्तरिक मामिलामा नगर हस्तक्षेप’, ‘नेपालको पश्चिमसम्मको भेग, लिम्पुयाधुरा र लिपुलेख’, ‘उठौ युवा एकै साथ(रोकौ भारतीय विस्तारवाद !’, ‘एमसीसी के हो ? व्याख्यात्मक टिप्पणी के भो ?’ लगायतको नारा लगाउँदै माइतीघरमा कोणसभा गरेका थिए ।

 

Prabhu Bank AD

सम्बन्धित खवर