वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
भान्सा अचाक्ली महंगियो, गरिब मजदुर किसानको चुलो बन्द हुने स्थिति
Prabhu Bank AD

काठमाडौं । पछिल्लो समय अचाक्ली महंगी बढ्दा सर्वसाधारणको दैनिकी कष्टकर बन्न थालेको छ। पेट्रोलियम पदार्थको मूल्य बढ्दै जाँदा भान्सामा दैनिक चाहिने दाल, चामल, नुन, तेललगायतका सबै खाध्यवस्तुको मूल्य बढेको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल बताउँछन्। उनी भन्छन्, ‘महंगीले अहिले सर्वधारणको घरमा चुलो बल्न नसक्ने अवस्था बनेको छ। यसको मूख्य जड भनेको नै पेट्रोलियम पदार्थको मूल्यवृद्धि हो।’

पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा ढुवानीको मूल्य पनि बढेको कारण दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएको उनी बताउँछन्। यसैगरी रसिया र युक्रेनबीच भएको युद्धले पनि महंगी बढेको उनी बताउँछन्। युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनलगायत आयात हुने सबै वस्तुको मूल्य बढेको मल्लले बताए।

सर्वसाधारणको बुझाइमा पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धिले नै महंगी अचाक्ली चुलिएको छ। भान्सामा दैनिक प्रयोग हुने सामान किन्न मंगलबार बिहान ग्वार्को चोक आइपुगेका राज तिवारीले पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्ने हो भने महंगी नियन्त्रण हुनसक्ने बताए। ‘हाम्रो आम्दानीको स्रोत बढ्न सकेको छैन। भान्सामा प्रयोग हुने सामग्रीदेखि अन्य उपभोग्य वस्तुको पनि मूल्य चुलिएको छ। सरकारका नियामक निकायलाई अत्तोपत्तो छैन कि थाहा नपाएजस्तो गरेको हो बुझ्न सकिएको छैन।’

गत वर्ष असार ७ गते १२७ रुपैयाँ रहेको पेट्रोलको मूल्य यस वर्ष असार ५ गते १९९ रुपैयाँ पुगेको छ। एक वर्षमा पेट्रोलको मूल्य करिब ३९ प्रतिशतले बढेको आयल निगमले जनाएको छ।

खाने तेलको मूल्य १ वर्षको अवधिमा ५० प्रतिशतभन्दा धेरैले बढेको छ। खाद्य किराना तथा थोक व्यवसाय संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले भने, ‘अहिले सबै आयातीत वस्तुको मूल्य अकासिएको छ। खाने तेलदेखि लिएर चिनी दालको मूल्य अकासिएको छ। यसको असर खुद्रा बजारसम्म पुग्दा झन् चर्को भएको छ।’

नेपाल थोक व्यवसायी संघका अनुसार २०७८ असारमा प्रतिलिटर २२० रुपैयाँमा पाइने भटमास तेलको थोक मूल्य यो असारमा ३३० रुपैयाँ पुगेको छ। यो थोक मूल्य खुद्रा व्यापारीसम्म पुग्दा उपभोक्ताका लागि झनै महंगो पर्छ।

नेपाल खुद्रा व्यवसाय संघको तथ्यांक अधिकृत ज्योति थापाका अनुसार अघिल्लो असारमा २४० रुपैयाँ पर्ने सूर्यमुखी र तोरी तेलको मूल्य एक वर्षपछि लिटरमा ११० रुपैयाँले नै बढेर ३५० पुगेको छ। गत वर्ष १५० रुपैयाँ प्रतिकिलो रहेको मुसुरो दालको मूल्य यो वर्ष २५ रुपैयाँले बढेर १७५ पुगेको छ। यसैगरी, २०७८ असारमा प्रतिकेजी ९० रुपैयाँ पर्ने चिनी यो असारसम्ममा १५ रुपैयाँले बढेर १०५ पुगेको छ।

सर्वसाधरणको भान्सामा नभइ नहुने दाल तथा चामलको मूल्य पनि अघिल्लो वर्षको भन्दा बढेको खुद्रा व्यवसाय संघका अध्यक्ष अमूल तुलाधर बताउँछन्। २०७८ असारमा १६० रुपैयाँ रहेको मासको दालको मूल्य यो असारमा १७० रुपैयाँ पुगेको छ। २०७८ असारमा १८० रुपैयाँ रहेको मास छाटा प्रतिकिलो २०० रुपैयाँ पुगेको छ। पछिल्लो एक वर्षको अवधिमा मकै र गहुँको मूल्यमा प्रतिकिलो १० रुपैयाँ बढेको छ। अघिल्लो वर्ष दुवै खाद्यान्न प्रतिकेजी ४५ थियो, अहिले ५५ रुपैयाँ पुगेको छ।

एक वर्षमा ४.३१ प्रतिशतले बढ्यो उपभोक्ता मुद्रास्फीति
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पछिल्लो १० महिना ९२०७९ वैशाख० सम्मको तथ्यांक अनुसार उपभोक्ता मुद्रास्फीति ७।८७ प्रतिशत पुगेको छ। उपभोक्ता मुद्रास्फीति गत आर्थिक वर्षको यसै अवधिको भन्दा ४।३१ प्रतिशतले बढेको हो। गत आर्थिक वर्षको यसै अवधिमामा उपभोक्ता मुद्रास्फीति ३।६५ प्रतिशत थियो।

राष्ट्र बैंकका अनुसार उपभोक्ता मूल्य सूचकांक ९उपभोक्ता मुद्रास्फीति०ले उपभोग्य वस्तु तथा सेवाहरूको खुद्रा मूल्यस्तरलाई मापन गर्छ। उपभोक्ता मुद्रास्फीति मापन गर्न ४९६ वस्तु तथा सेवाहरू समावेश गरिएका छन्। राष्ट्र बैंकले ६० वटा बजार केन्द्रहरूबाट यी वस्तु तथा सेवाहरूको साप्ताहिक, मासिक र त्रैमासिक मूल्य संकलन गरेर उपभोक्ता मूल्य सूचकाङ्क तयार गर्छ।

आर्थिक वर्ष २०७१र७२ को आधार मूल्यको आधारमा यी वस्तुहरूको मुद्रास्फीति मापन गरिन्छ। यी वस्तुहरूमध्ये खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत १३ उपसमूह र गैरखाद्य तथा सेवा समूह अन्तर्गत नौ उपसमूह छन्। उक्त समूहहरूको भारांक क्रमशः ४३।९१ प्रतिशत र ५६।०९ प्रतिशत रहेको राष्ट्र बैंकले उल्लेख गरको छ।

राष्ट्र बैंकले मापन गर्ने खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति चालु आवको १०औं महिनामा ७।१३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८।४५ प्रतिशत छ। गएको वैशाख मसान्तसम्म वार्षिक विन्दुगत मासिक औषत मुद्रास्फीति ५।८४ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

संसद्‌मा पनि उठ्यो आवाज तर जवाफ दिंदैनन् मन्त्री
अचाक्ली महंगी बढेको विषय संसद्‌मा पनि उठेको छ। प्रतिनिधिसभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदले यो विषय उठाएका हुन्।

प्रतिनिधिसभाको सोमबार र मंगलबारको बैठकमा सांसदहरूले सरकारको जवाफसमेत माग गरेका थिए। एमाले सांसद पद्मा अर्यालले मूल्यवृद्धिले जनतालाई सास्ती दिएको बताइन्। उनले भनिन्, ‘मूल्य वृद्धिबाट जनताको जीवन कष्टकर बनिरहेको छ । यति छोटो समयमा यति ठूलो मात्रामा मूल्यवृद्धि गर्नुपर्ने बाध्यता यो सरकारलाई के आइपर्‍योरु’

उनी त्यतिमा मात्र रोकिइनन्। सोमबारको बैठकमा उनले मन्त्रीले जवाफ नदिँदासम्म संसद्‌को कारबाही नै अगाडि बढाउन नसकिने जानकारी गराएपछि एमालेका सांसद सिटबाट उठेर बैठकमा अवरोध गरेका थिए।

त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले सम्बन्धित मन्त्रीलाई जवाफ दिन रुलिङ गरेका थिए। सभामुखले रुलिङ गरेपछि पनि सांसदले पेट्रोलियम पदार्थले जनजीवनमा पारेको प्रभावको विषय उठाएका थिए ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका मुख्य सचेतक देव गुरुङले मूल्यवृद्धिबाट जनतालाई राहत दिन माग गरेका थिए। एमाले सांसद दामोदार भण्डारीले काठमाडौंबाट दुबई जानुभन्दा काठमाडौंबाट धनगढी जान महंगो परिरहेको बताएका थिए।

त्यसपछि मंगलबारको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि बाध्यात्मक भएको बताए। नेपाल आयल निगमको घाटालाई कम गर्नका लागि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्न सरकार बाध्य भएको उनको भनाइ थियो। तर, उनले अन्य अत्यावश्यक वस्तुमा भएको मूल्यवृद्धि र त्यसको नियन्त्रणका लागि सरकारले कदम चालेको छ वा छैन भन्ने विषयमा केही पनि बोलेनन्।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय