वि.सं.२०८३ जेठ १९ मंगलवार
Dish Home Long Ad
प्रचण्ड, ओली र रविबीचः तीन घण्टा वार्ता
Prabhu Bank AD

 

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको हो। विशेषगरी गृहमन्त्री लामिछानेमाथि नेपाली कांग्रेसले छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएकोबारे छलफल भएको हो। ‘बजेट निर्माण प्रक्रिया, प्रदेश सरकार, विश्वविद्यालय लगायतका विषयमा साझा धारणा बनाउनेगरी उहाँहरू छलफलमा जुट्नुभएको हो,’ बालुवाटार स्रोतले भन्यो। पार्टी संसदीय दलको बैठकदेखि सर्लाहीमा आयोजित कार्यक्रमसम्म सकेर प्रचण्डले शनिबार साँझ ओली र लामिछानेसँग झण्डै तीन घण्टा छलफल गरेका हुन्।

सरकारले आगामी वैशाख २८ गते बजेट अधिवेशन बोलाएको छ। सो अधिवेशन सुरु हुनुअघि नै एकखालको सहमति जुटाउनेगरी प्रधानमन्त्री प्रचण्डले केही दिनदेखि नै पहल गरेका थिए।

शनिबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा पनि प्रधानमन्त्री प्रचण्डले यसबारे ब्रिफिङ गरेका थिए। बैठकमा सहभागी एक सांसदका अुनसार, पार्टीमा छलफल गरेपछि मात्रै सत्ता गठबन्धन र प्रतिपक्षी दलका नेताहरूसँग छलफल हुने प्रचण्डले बताएका थिए।

Prabhu Bank AD

सम्बन्धित खवर