वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
अझै वर्षाको बलियो सम्भावना देखिँदैन
Prabhu Bank AD

काठमाडौं । मंगलबारसम्म देशव्यापी खालको वर्षा हुने सम्भावना नरहेको मौसमविद्ले बताएका छन्।
त्यस्तो देशभरि पर्याप्तसँग वर्षा हुने सम्भावना देखिन्न’, आइतबार बिहान उनले भनिन्, ‘आजभन्दा भोलि, भोलिभन्दा पर्सि वर्षाको सम्भावना अलि बढी देखिएको छ, तर देशव्यापी रूपमा होइन।

मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान जारी गरेको प्रक्षेपणअनुसार आज दिउँसोलाई कोसी प्रदेशका थोरै स्थान र देशका बाँकी पहाडी भूभागका ‍एकदुई स्थानमा मात्र हल्का वर्षा हुने सम्भावना छ। तर रातिलाई कतै वर्षाको सम्भावना छैन।

सोमबारलाई भने वर्षाको सम्भावना अलि बढी देखाइएको छ। महाशाखाको प्रक्षेपणअनुसार सोमबार दिउँसो कोसी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको छ। साथै देशका बाँकी पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। सोमबार राति पनि कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै देशका बाँकी भूभागका एकदुई स्थानमा पनि हल्का वर्षा हुने सम्भावना छ।

महाशाखाका अनुसार मंगलबार दिउँसो कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै बाँकी प्रदेशका एकदुई स्थानमा पनि हल्का वर्षा हुने सम्भावना छ।

यस्तै मंगलबार राति कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै बाँकी प्रदेशका पनि एकदुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

‘यो प्रिमनसुनका बेला मौसम अनुमान मिल्ने सम्भावना अलि कम हुन्छ, स्थानीय वायुबाट एकैछिनमा बादल विकास भई गड्याङगुडुङ वर्षा भई पनि हाल्छ, कहिले आइसकेको बादल हटेर पनि जान्छ, कहिले एक ठाउँमा पानी पर्छ, नजिकै अर्को स्थानमा परेको हुँदैन’, उनले भनिन्, ‘अलि बलियै सिस्टम आएका बेला मात्र अनुमान बढी मिल्ने हुन्छ।’

‘जाडो महिनामा पश्चिमी वायुको बलियो प्रणाली आउँछ, जसलाई हाम्रो मोडलले क्याप्चर गर्छ र अनुमान मिल्छ’, उनले भनिन्, ‘यसैगरी मनसुनका बेला पनि बंगालको खाडीबाट बलियो सिस्टम आउने भएकाले हाम्रो मोडलले बढी क्याप्चर गर्छ र अनुमान मिल्ने सम्भावना बढी हुन्छ।’

अहिले प्रिमनसुनमा पनि अलि बलियो सिस्टम आएका बेला भने ‘मोडलले क्याप्चर’ गर्ने र अनुमान मिल्ने उनको तर्क छ। ‘अहिलेको सिस्टम बलियो सिस्टम होइन, त्यही भएर कतै कतै वर्षा हुने सम्भावना देखिए पनि त्यो मिल्ने सम्भावना कम हुन्छ’, उनले भनिन्।

तथापि सोमबार र मंगलबार अलि धेरै ठाउँमा वर्षाको सम्भावना देखिएकाले भनिएका स्थानमध्ये कहीँ न कहीँ पानी पर्ने सम्भावना रहेको मौसमविद् नगरकोटीले बताइन्।

सोमबार दिउँसो कोसी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुनसक्ने भनेका छौँ, यस आधारमा त्यस दिन कोसी र गण्डकी प्रदेशमा पानी पर्ने सम्भावना अलि बढी छ’, उनले भनिन्, तर त्यस दिन देशका बाँकी पहाडी भूभागका एकरदुई स्थानमा मात्र त्यो पनि हल्का वर्षा मात्र हुने सम्भावना भनिएको छ, यस्तोमा सम्भावना अलि कम हुनसक्छ।’

Prabhu Bank AD

सम्बन्धित खवर