काठमाडौं । अख्तियारका पूर्वप्रमुख दीप बस्न्यात र पूर्वमन्त्री छविराज पन्त पनि भ्रष्टाचारी ठहर भएका छन्। उनी भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव छँदा बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा गराउन भूमिका खेलेको अभियोगमा दोषी ठहर भएका हुन्।
पन्त भूमिसुधार मन्त्रालयका तत्कालीन सचिव हुन्। पछि अन्तरिम चुनावी मन्त्रिपरिषद्मा उनी मन्त्री भएका हुन्। उनीहरूलाई २ वर्ष कैद, बिगो असुल तथा जरिवाना हुने फैसला भएको छ।
मानवीय गल्ती भएको भनी मन्त्रिपरिषद्को निर्णयसमेत संशोधन गर्न लगाएका थिए। उनले सर्वोच्चको फैसलाको अपव्याख्या गरिएको र मन्त्रिपरिषद्को निर्णयलाई रक्षाकवच बनाएको विशेष अदालतको ठहर छ।

