वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
आगो ताप्दा निसासिएर सासू–बुहारीको मृत्यु
Prabhu Bank AD

 

काठमाडौं । डडेलधुराको अमरगढी–१ मा गएराति आगो ताप्ने क्रममा निसासिएर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुने सासू–बुहारी हुन्।

एउटै कोठामा सुतेका सासू र बुहारीले चिसो छल्न कोठामा आगो बालेका थिए।आगोको कोइलाबाट निस्किएको धुँवाका कारण निसास्सिएर उनीहरुको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।

मृत्यु हुनेमा अमरगढी नगरपालिका–१ मालम बस्ने ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया पुनम दियाल रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कुसुम नायकले जानकारी दिए।

राति कोठामा आगोको कोइला ताप्ने क्रममा निसास्सिएर उनीहरुको मृत्यु भएको उनले बताए।

बेहोस अवस्थामा फेला परेका दुवैलाई घरपरिवार र आफन्तको सहयोगमा आज बिहान अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा चिकित्सकले उनीहरुलार्इ मृत घोषणा गरेका थिए। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Prabhu Bank AD

सम्बन्धित खवर