वि.सं.२०८३ जेठ २१ बिहीवार
Dish Home Long Ad
सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा नेपाल १०८ औं स्थानमा
Prabhu Bank AD

काठमाडौँ । विश्वको सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा दक्षिण अफ्रिकी देश सोमालिया परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल ९टीआई०ले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क रिपोर्टमा सबैभन्दा सोमालिया सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा दरिएको हो ।

१८० देश सम्मिलित सूचकाङ्कमा डेनमार्क ९० अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक र सोमालिया ११ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचीकृत भएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

यस सूचकाङ्कमा १०० अङ्कले अति स्वच्छ र ० अङ्कले अति भ्रष्ट जनाउने ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालकी अध्यक्ष पद्मिनी प्रधानाङ्गले जनाइन् । रिपोर्टअनुसार नेपालले दुई स्थान सुधार गरेको छ । सूचकाङ्क रिपोर्टमा नेपाललाई १०० मा ३५ अङ्क (१०८ औं स्थान) दिइएको छ । अघिल्लो वर्ष नेपालको अंक ३४ (११० औं स्थान) रहेको थियो । रिपोर्टले यसवर्ष नेपालको भ्रष्टाचारसम्बन्धी सूचीमा दुई स्थान सुधार भएको देखिएको छ ।

 

Prabhu Bank AD

सम्बन्धित खवर