वि.सं.२०८३ जेठ १९ मंगलवार
Dish Home Long Ad
इच्छुक सांस्कृतिक प्रतिष्ठानमा कमरेड ताराकान्त पाण्डेयको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण
Prabhu Bank AD

काठमाडौं । पौष २७ गते दाङको भालुवाङमा दुर्घटनामा परी निधन हुनु भएका बरिष्ठ मार्क्सवादी लेखक, कवि, साहित्यकार तथा सौन्दर्य चिन्तक प्रा।डा। ताराकान्त पाण्डेयको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गरियो । इच्छुक

सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष समेत रहनु भएका पाण्डेयको पार्थिव शरीरमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य किरणले पार्टीको झण्डा ओढाएर र माल्यार्पण गरी अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

दिउँसो १२ :३० बजेदेखि २:३० बजेसम्म इच्छुक सांस्कृतिक प्रतिष्ठानको प्राङ्गण घट्टेकुलोमा श्रद्धाञ्जलीका लागि राखिएको अध्यक्ष पाण्डेयको पार्थिव शरीरमा उहाँकी जीवनसाथी शिला योगी, छोरी ज्वाइँ, क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यालय सदस्यहरु, नेकपा (माओवादी केन्द्र)कि उपाध्यक्ष पम्फा भुसाल, सञ्चारमन्त्री रेखा शर्मालगायत साहित्य तथा संस्कृतिकर्मी, राजनीतिकर्मी, प्राध्यापक, शिक्षक, पत्रकार, वुद्धिजीवी, उहाँका विद्यार्थीहरु, सुभेच्छुक, आफन्तजन, परिवार इष्टमित्र, साथीभाइ सबैले अबीर र माल्यार्पणसहित श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।

कमरेड ताराकान्त पाण्डेयप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष मोहन वैद्य किरणले शब्द श्रद्धाञ्जली दिदै कमरेड ताराकान्त पाण्डेयको निधनबाट मार्क्सवादी साहित्यिक, सांस्कृतिक तथा बौद्धिक आन्दोलनको क्षेत्रमा अपुरणीय क्षति पुग्न गएको बताउनु भयो । उहाँले यो अत्यन्तै पीडादायी शोकको घडीमा शोकलाई शक्तिमा बदल्नु र दृढतापुर्वक अगाडि बढ्नुको विकल्प नरहेको बताउनु भयो ।

 

श्रद्धाञ्जली कार्यक्रमको सञ्चालन इच्छुक सांस्कृतिक प्रतिष्ठानका सदस्य सचिव कवि मित्रलाल पंज्ञानीले गर्नुभएको थियो ।
आजै कमरेड ताराकान्त पाण्डेयको पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको छ ।

 

Prabhu Bank AD

सम्बन्धित खवर