वि.सं.२०८३ जेठ १६ शनिवार
Dish Home Long Ad
टेरामक्स प्रविधि खरिद प्रक्रियामा कानुनको उल्लंघन गरी अनियमितता भएको ठहर
Prabhu Bank AD

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले दूरसञ्चार क्षेत्रमा हुने गैरकानुनी गतिविधि र राजश्वको असली विवरण पत्ता लगाउन भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले लागू गर्न खोजेको विवादित टेरामक्स प्रविधि खरिद प्रक्रियामा कानुनको उल्लंघन गरी अनियमितता भएको ठहर गरेको छ।

समितिले सो प्रविधि खरिद प्रक्रियाका बारेमा थप अनुसन्धान गरी कानुनबमोजिम अभियोजन अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशनसमेत दिएको छ।

समितिको बुधबार बसेको बैठकले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम ९टेरामक्स० खरिद प्रकृया तत्काल रोक्न पनि निर्देशन दिएको छ। समिति सभापति ऋषिकेश पोखरेलका अुनसार खरिद प्रकृयामा अख्तियार दुरूपयोग भएको भए कारवाहीको प्रकृया अघि बढाउन पनि निर्देशन दिइएको हो ।

टेरामक्स खरिद प्रकृयामा समितिले १२ बुँदे निर्देशन जारी गरेको हो। समितिका सभापति ऋषिकेश पोखरेलले भने, ‘टेरामक्स खरिद प्रक्रियाको सबै काम हाललाई यथास्थितिमा राख्दै हालसम्म सम्पादित कार्यहरुको सुक्ष्म विश्लेषण तथा अनुसन्धान गर्दा यो प्रक्रियामा सैद्धान्तिक, नीतिगत र सर्वोच्च अदालतको परमादेश समेत उल्लंघन भएको समितिको ठहर छ। यसबारे शीघ्र अनुसन्धान गरी निष्कर्षमा पुर्‍याउन समिति अख्तियारलाई निर्देशन गर्दछ।’

उनका अनुसार समितिले अख्तियारलाई अनुसन्धानपछि दोषी देखिएका व्यक्तिहरुविरुद्व कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाउन समेत आग्रह गरेको छ। अख्तियारले सो प्रकरणमा अनुसन्धान गर्दा हरेक महिनाको प्रगति विवरण समितिमा उपलब्ध गराउन आग्रह गरेको छ।

समितिका सभापति पोखरेलका अनुसार टेरामक्स प्रविधि खरिद प्रक्रियाका कागजात अध्ययन गर्दा खरिदमा ई–विडिङ नगरिएको, त्यसबारे अध्ययन, प्रस्ताव र नीतिगत निर्णय नगरेको र बजेट समेत ग्रामीण दुरसञ्चार कोषको रकमबाट भुक्तानी भएको देखिएको छ।

त्यस्तै, सो प्रविधि खरिद सम्झौतामा भुक्तानी डलरमा गर्ने उल्लेख भएको, र स्थानीय मुद्रालाई डलरमा सटही गर्दा कम्तिमा पनि ५० करोड रुपैयाँ कर छलीको सम्भावना देखिएको समितिको ठहर छ।

 

Prabhu Bank AD

सम्बन्धित खवर