वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
सुन तस्करीका ४ टिम
Prabhu Bank AD

यही तस्करीबारे छानबिन गर्न गठित समितिले १४ किलो सुन तस्करी र व्यवस्थापनमा चारवटा टिम सक्रिय रहेको निष्कर्षसहितको प्रतिवेदन तयार गरेको छ । आइतबार छानबिन समितिका संयोजक मणिराम पौडेलले सुझावसहितको छानबिन प्रतिवेदन त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेलाई हस्तान्तरण गरेका हुन् । दुबईबाट सुन पठाउने समूह, भरिया समूह, नेपाली समूह र विमानस्थल समूह गरी सुन तस्करी र व्यवस्थापनमा चारवटा टिमको कनेक्सन देखिएको छ ।

दुबईबाट अङ्कित अग्रवाल र गुरु नामका व्यक्तिहरूले सुन पठाउने गरेको समितिको निष्कर्ष छ । गोरखा बारपाक घर भएका मीनबहादुर घलेले कृष्णकुमार श्रेष्ठ र चन्द्र घलेलाई परिचालन गरेर दुबईबाट प्रतिखेप १४ किलो दरमा सुन नेपालमा ल्याउने गरेका हुन् । मीनबहादुर घले, चन्द्र घले र कृष्ण कुमार श्रेष्ठले अहिलेसम्म १३८ केजी सुन काठमाडौँ ल्याएको अनुसन्धानबाट थाहा भएको प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले रातोपाटीलाई बताए ।

स्याङ्जा घर भएका कृष्ण कुमार श्रेष्ठ र गोरखाको बारपाक सुलिकोट नगरपालिका–१ घर भएका चन्द्र घले भरिया हुन् । दुई वर्षमा कृष्ण कुमार श्रेष्ठ ५२ पटक दुबई र नेपाल आउजाउ गरेको अनुसन्धानबाट थाहा भएको छ । एयरपोर्टस्थित आगमन कक्षको शौचालयभित्रको पाइप मर्मत गर्ने भोइड सेक्सनमा ल्याएर उनले सुन छाड्ने गरेका थिए । भोइड सेक्सनको साँचो उनले मीनबहादुर घलेबाट लिएको छानबिन समितिको निष्कर्ष छ ।

सुन तस्करीमा त्रिभुवन विमानस्थलमा कार्यरत ५ जना कर्मचारीको भूमिका देखिएको छ । छानबिन समितिले सो समूहलाई ‘एयरपोर्ट टिम’ नामकरण गरेको छ । त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका कार्यालय सहयोगी लेखबहादुर तामाङ र एयर साइड अफिसमा कार्यरत रमेश देउला, अनिल श्रेष्ठ, राधाकृष्ण श्रेष्ठ र शेर बहादुर बस्नेतले विमानस्थलबाट सुन बाहिर ल्याउन तस्करलाई सहयोग गर्ने गरेका थिए ।

काठमाडौँ महानगरपालिका वडा नम्बर–८ घर भएका शेरबहादुर बस्नेतले शौचालय भित्रको पाइप मर्मत गर्ने भोइड सेक्सनको साँचो नक्कल बनाएर रमेश देउलालाई दिएका थिए । देउलाले एउटा साँचो टीडीओका कार्यालय सहयोगी लेकबहादुर तामाङ र अर्को साँचो मीनबहादुर घलेलाई दिएको छानबिनबाट थाहा भएको छ । बस्नेतले सुन आउने पूर्व जानकारी पाएपछि शौचालयमा गएर सुन राखेको वा नराखेको बारेमा ‘रेकी’ गर्ने गरेका थिए । काठमाडौँ महानगरपालिका–८ घर भएका राधाकृष्ण श्रेष्ठले टीडीओमा कार्यरत लेकबहादुरसँग सुन रिसिभ गरेर आपत्कालीन ढोका हुँदै अन्तर्राष्ट्रिय टर्मिनल भवनको बाहिर सुन ल्याउँथे । त्यसमा उनलाई एसी ९एयर कन्डिसन० शाखामा कार्यरत अनिले श्रेष्ठले सहयोग गर्ने गरेको छानबिनको निष्कर्ष छ ।

काठमाडौँमा तस्करीको सुन व्यवस्थापनमा मीनबहादुर घले र डीबी भन्ने दानबहादुर गुरुङ संलग्न थिए । भरियाले ल्याएको सुन एयरपोर्ट बाहिर निकालिसकेपछि रमेश देउला, राधाकृष्ण श्रेष्ठ र अनिल श्रेष्ठले टोखा नगरपालिका बानियाँटार स्थित सूर्यदर्शन हाइटमा रहेको डीबी गुरुङको घरमा लैजान्थे ।

तस्करीको सुन मीनबहादुर घले र निजको साथी जोन भन्ने जीवन गुरुङले अङ्कित अग्रवालले भनेको स्थानमा लगेर दिने गरेको छानबिन समितिको निष्कर्ष छ ।

Prabhu Bank AD

सम्बन्धित खवर