वि.सं.२०८३ जेठ १६ शनिवार
Dish Home Long Ad
जनकपुरमा विवाह पञ्चमीको भव्य उल्लास : ८५ क्विन्टल अन्नबाट बनाइयो राम–सीताको प्रतिमा
Prabhu Bank AD

 

जनकपुर । प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा आइतबार (आज) धुमधामसँग विवाह पञ्चमी मनाइँदै छ । रामजानकी विवाह पञ्चमी महोत्सवमा छिमेकी देश भारतबाट हजारौँ श्रद्धालु भक्तजन आइपुगेका छन् । २६ मंसिरदेखि सुरु भएको सप्ताहव्यापी महोत्सवले जनकपुरधामको वातावरण उल्लासमय बनेको छ ।

प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमीलाई नेपाल–भारतबीचको आदिकालीन सांस्कृतिक सम्बन्धका रूपमा पनि लिइन्छ । त्रेतायुगमै भारत अयोध्याका दशरथका छोरा पुरुषोत्तम राम र राजा जनककी छोरी सीताबीच वैवाहिक सम्बन्ध कायम भएको थियो । राजर्षि जनक, जानकी र याज्ञवल्क्यको पुण्यभूमि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा बर्सेनि मार्ग पञ्चमी तिथिमा रामजानकी विवाह पञ्चमी महोत्सवको आयोजना हुने गर्दछ ।

महोत्सवको तेस्रो दिन सीतावरणका लागि राजा जनकले राखेका शिवधनुष ताँदो चढाउने सर्तका लागि इच्छित वर सहभागी भएका दिनलाई ‘धनुष यज्ञ’ भनिने गरिएको छ । यी विधि क्रमशः गत मंगलबार, बुधबार र बिहीबार सम्पन्न भइसकेका छन् । महोत्सवको चौथो दिन तिलकोत्सव मनाइएको थियो । तिलकोत्सवलाई मैथिलीमा छेका भनिने चलन छ । विवाह हुनुअघि मिथिलामा बेहुली पक्षले बेहुला अर्थात् बरको को घरमा कोसेली (भार) लिएर जाने चलन छ । सोही परम्परालाई जानकी मन्दिरले पनि विवाहपञ्चमी महोत्सवमा निरन्तरता दिँदै आएको छ । तिलकोत्सवका लागि शुक्रबार जानकी मन्दिरका महन्त, साधुसन्त तथा नागरिक समाजका व्यक्तिहरूले दहीच्युरा, खिरपुरी, विभिन्न मिठाई, फलफूल, लत्ताकपडासहित कम्तीमा १०१ भार ९कोसेली०सहित बाजागाजसहित जनकपुरधामकै राममन्दिर पुगेका थिए । त्रेतायुगमा श्रीरामले शिवधनुष ताँदो चढाउने क्रममा भाँचिएको पौराणिक मान्यताको प्रतीकात्मक मञ्चन गरिन्छ । तिलकोत्सवमा जानकी मन्दिरका छोटा महन्त रामरोशन दास सीताको बुबाको रूपमा र राममन्दिरका महन्त राम गिरी रामको बुबाको रूपमा सम्धी मिलानपछि तिलकोत्सव सम्पन्न भएको थियो ।

महोत्सवको पाँचौँ दिन शनिबार ‘मटकोर’ विधि आयोजना गरियो । धनुषभंग भएसँगै श्रीरामसँग सीताको विवाहको टुंगो लागेको कथा सम्झँदै विवाहको पूर्वांग विधि ‘मटकोर’ आयोजना गरिएको जनकपुरस्थित जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले बताए । महोत्सवको छैटौँ दिन सीताराम स्वयंवर र राति वैवाहिक कार्यक्रम सम्पन्न गरिन्छ । यसलाई ‘सीता स्वयंम्वर तथा विवाह’ भन्ने गरिएको छ । महोत्सवको अन्तिम दिन विवाह सम्पन्न गरिएको भोलिपल्ट जन्तीलाई भोजन गराई दक्षिणा दिएर बिदा गरिन्छ । यो विधिलाई ‘रामकलेवा’ भनिन्छ । जनकपुरमा धनुष यज्ञ र विवाहविधि जानकी मन्दिरपरिसरमै सम्पन्न भए पनि स्वयम्वर भने विशाल मैदान रंगभूमिमा आयोजन गरिने परम्परा छ ।

Prabhu Bank AD

सम्बन्धित खवर