वि.सं.२०८३ वैशाख ६ आइतवार
Dish Home Long Ad
असार ४ हुन लागेकाे सुन्दरी प्रतियाेगिता खारेज गर्न जाेडदार माग
Prabhu Bank AD

काठमाडौं । सुन्दरी प्रतियाेगिता महिला हिंसा र शाेषणकाे साधन भएकाे भन्दै ७ वटा महिला संगठनहरुकाे संयुक्त महिला संघ संघर्ष समितिले असार ४ हुन लागेकाे सुन्दरी प्रतियाेगिता खारेज गर्न जाेडदार माग गरेकाे छ । नेकपा (क्रान्तिकारी माओवादी) निकट अनेमसंघ (क्रान्तिकारी) सहितकाे संयुक्त संघर्ष समितिले बिहीबार संयुक्त रुपमा प्रेस वक्तव्य जारी गर्दै यस्ताे माग गरेकाे हाे ।

वक्तव्यमा भनिएकाे छ, “यहि असार ४ गते हुन गइरहेको सुन्दरी प्रतियोगिताको संयुक्त महिला  संघ संघर्ष समिती घोर भत्सर्ना र खारेजीको माग गर्दछ। महिला हिंसालाई बढवा दिने , यस्ता प्रतियोगिताहरुमा राज्यका विभिन्न अंगहरु र ब्यापारिक घराना /प्रतिष्ठानहरुले ठूलो धनराशि खर्चिरहेका छन् । महिलाहरूका अङ , प्रत्याङ प्रदर्शन गरि पुजीवादद्वरा थोपरिएका उत्पीडनलाई प्रसय गर्ने कार्यमा लगानी नगर्न यसै बिज्ञप्तिमार्फत चेतावनी दिन चाहान्छौ । यस्ता कार्यमा लगानी गर्नुको सट्टा महिला बेचबिखन , हत्या , हिंसा , बलात्कार जस्ता जघन्य अपराध नियन्त्रण र पीडितलाई उचित न्यायको निम्ति लगानी गर्न अपिल गर्दछौं । साथै महिला अस्मितालाई मजाक बनाउने यस्ता प्रतियोगितामा सहभागी नहुन समेत सम्पुर्ण महिलाहरुलाइ विशेष अनुरोध  गर्दछौ। सम्पूर्ण मुक्तिकामी जनसमुदायहरु उक्त कथित सुन्दरी प्रतियोगिता खारेजी गरी नेपाली महिला मुक्तिको यात्रामा साथ दिनको लागि अपिल गर्दछौं ।”

यस्ताे छ वक्तव्यकाे पुर्णपाठ:
“नेपाली समाजमा बषौदेखि पितृसत्तात्मक सामन्ती उत्पिडनले महिलाहरु माथी चर्को शोषण , दमन र विभेद गर्दै आइरहेको छ।सामन्ती दासताका विरुद्ध चलेका न्यायपुर्ण आन्दोलन र समाज बिकाससंगै पुजिवादि सत्ताले महिलाहरुलाइ अनेकौ शोषण , उत्पीडन र बस्तुकरण गर्दै आएको जगजाहेर नै छ ।चुलो चौका र घरेलु दासताबाट माथी उठाउने , आत्मबिश्वास वृद्धि गराउने र आत्मनिर्भर बनाउने भ्रमको पर्दा भित्रबाट महिलाहरुलाइ बहुराष्ट्रिय कम्पनीका सौन्दर्य प्रसाधन बिक्रि गर्ने सुनिश्चित बजार , बिज्ञापनको साधन र भोग्य बस्तु ( बस्तुकरण ) बनाइ बदलिएको स्वरुपमा हिंसा , अपमान ,हत्या , बलात्कारलाई  नै बढवा दिइरहेको छ ।

नेपालमा सन १९९४ देखि “द हिडन ट्रेजर” नामक सस्थाले शुरु गरेको सुन्दरी प्रतियोगिता आज विश्व सुन्दरी , नेपाल सुन्दरी , प्रदेश सुन्दरी ,जिल्ला सुन्दरी , विभिन्न जाती , भाषा सुन्दरी  प्रतियोगिता गर्ने कार्य शृङ्खलाबद्द जारी छ।सुन्दरी छनौट गर्ने , अबसर सृजना गर्ने बहानामा गरिने शोषण  कति कहालि लाग्दो हुन्छ भन्ने आठ बर्ष अघिको सुस्मिता रेग्मीको पीडा सार्वजनिकबाट झनै उदाङिएको छ।

श्रम , पसिना ,सृजना र प्रतिभाहरु सुन्दरताको मानक बनाउनु भन्दा  महिलाको उचाई , नितम्ब , छाती , कम्मरका आकार , रुप प्रदर्शन गर्ने नग्नतालाइ सुन्दरताको मानक बनाइ गरिने प्रतियोगिता  भद्दा अस्लिलताको प्रदर्शन मात्र हो । सुन्दरी प्रतियोगिता कुनै बौदिक क्षमता प्रदर्शन नभै महिलाहरुलाइ नयाँ स्वरूपको दासताको पर्खाल खडा गरिनु हो । जसले महिलाहरूलाई सौन्दर्य प्रशाधनको अदृश्य जन्जिरले बाधिरहेको छ ।

यहि असार ४ गते हुन गइरहेको सुन्दरी प्रतियोगिताको संयुक्त महिला  संघ संघर्ष समिती घोर भत्सर्ना र खारेजीको माग गर्दछ। महिला हिंसालाई बढवा दिने , यस्ता प्रतियोगिताहरुमा राज्यका विभिन्न अंगहरु र ब्यापारिक घराना /प्रतिष्ठानहरुले ठूलो धनराशि खर्चिरहेका छन् । महिलाहरूका अङ , प्रत्याङ प्रदर्शन गरि पुजीवादद्वरा थोपरिएका उत्पीडनलाई प्रसय गर्ने कार्यमा लगानी नगर्न यसै बिज्ञप्तिमार्फत चेतावनी दिन चाहान्छौ । यस्ता कार्यमा लगानी गर्नुको सट्टा महिला बेचबिखन , हत्या , हिंसा , बलात्कार जस्ता जघन्य अपराध नियन्त्रण र पीडितलाई उचित न्यायको निम्ति लगानी गर्न अपिल गर्दछौं । साथै महिला अस्मितालाई मजाक बनाउने यस्ता प्रतियोगितामा सहभागी नहुन समेत सम्पुर्ण महिलाहरुलाइ विशेष अनुरोध  गर्दछौ। सम्पूर्ण मुक्तिकामी जनसमुदायहरु उक्त कथित सुन्दरी प्रतियोगिता खारेजी गरी नेपाली महिला मुक्तिको यात्रामा साथ दिनको लागि अपिल गर्दछौं ।”

Prabhu Bank AD

सम्बन्धित खवर