वि.सं.२०८३ जेठ १९ मंगलवार
Dish Home Long Ad
शान्ति सम्झौताका दिन प्रचण्ड– देउवा र ओलीले भेटेर के कुरा गरे ?
Prabhu Bank AD

काठमाडौं । विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच मंगलबार साँझ बालुवाटारमा भेटवार्ता भएको हो । मंसिर ५ गते तत्कालीन सात राजनैतिक दल र नेकपा (माओवादी) ले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको दिन हो । २०६३ मंसिर ५ मा भएको हस्ताक्षरले देशमा जारी युद्धको अन्त्य गरेर देशलाई गणतन्त्रमा प्रवेश गराउने आधार तय गरेको थियो ।

उक्त सम्झौतामा हस्ताक्षर गर्ने दलहरू मध्यका ३ जना शीर्ष नेताहरू बालुवाटारमा भेटवार्ता गरी शान्ति सम्झौताका बाँकी कामहरूलाई यथासक्य छिटो टुंगोमा पुर्याउने प्रतिबद्धता गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच भएको विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको १७ वर्ष पूरा भएको छ। विसं २०६३ मंसिर ५ गते शान्ति सम्झौता भएको थियो।

‘शान्ति सम्झौताको मर्म अनुसार शान्ति प्रक्रियाको बाँकी कामहरू टुंगोमा पुर्‍याउनेबारे उहाँहरूबीच सहमति जुटेको हो,’ उनले भने।

तीन शीर्ष नेताबिच सहमती जुटेसँगै अब हिउँदे अधिवेशनमा टिआरसी विधेयक संसदमा पास हुने सम्भावना छ। संसद्‌को कानुन न्याय तथा मानवअधिकार समितिमा रहेको उक्त विधेयक संसद्‌मा पेस गरेर पारित गर्नुपर्ने हुन्छ।

त्यस्तै, सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्न पनि सहमति जुटेको छ। ‘संघीयता, गणतन्त्र र शान्ति समझौतको मर्म अनुसार आयोग गठन गर्ने र आवश्यक परेको एकीकृत रुपमा अघि बढ्ने सहमति भएको छ,’ बालुवाटार निकट स्रोतले भन्यो।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले पनि नेपाल भ्रमणका क्रममा संघीय संसद्लाई सम्बोधन गर्दै शान्ति प्रक्रियाका काम टुंगोमा पुर्‍याउन अन्तर्राष्ट्रिय सहयोग रहने बताएका थिए। महासचिव गुटेरेसले टीआरसी पास गर्न दलहरूलाई सुझाव दिएका थिए। त्यसमा असन्तुष्ट एमाले बालुवाटारमा भएको मंगलबारको भेटपछि सहमत भएको हो।

Prabhu Bank AD

सम्बन्धित खवर