वि.सं.२०८३ जेठ २० बुधवार
Dish Home Long Ad
सरकारले किन बन्द गरायो टिकटक ? यसो भन्छन् प्रधानमन्त्री प्रचण्ड
Prabhu Bank AD

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सद्भाव र पारिवारिक एकता खलल हुनबाट बचाउन टिकटकमा प्रतिबन्ध लगाउनुपरेको बताएका छन् । भक्तपुरमा आज नेपाल संवत् ११४४ का अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रष्टीकरण दिएका हुन् ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । समाजमा विसंगति, विकृति, अराजकता फैलाउने खालका प्रवृत्तिलाई नियन्त्रण गर्न सत्तापक्ष र प्रमुख प्रतिपक्ष एकठाउँमा उभिएर यो निर्णय गरिएको उनको भनाइ छ ।

उनले अन्तर्राष्ट्रियस्तरमा सबैभन्दा लोकतान्त्रिक र विकसित देशले कस्तो मान्यता अपनाएका छन् भन्ने कुराको अध्ययन गरेर टिकटक बन्द गरेको बताए ।

Prabhu Bank AD

सम्बन्धित खवर