वि.सं.२०८३ जेठ २१ बिहीवार
Dish Home Long Ad
दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि उच्च, मूल्यवृद्धि दर १२.२३ प्रतिशत
Prabhu Bank AD

काठमाडौं । नेपाल राष्ट्र ब्यांकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासिक (असोजसम्म)को तथ्यांकले खाद्य तथा खाद्यजन्य पदार्थको मूल्यवृद्धि दर १२.२३ प्रतिशत रहेको देखाएको छ।

त्यसैगरी, मरमसलाको मूल्य ३७.६३ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १८.२२ प्रतिशत, फलफूलको १४.०२ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.२३ प्रतिशत र दुग्ध पदार्थ तथा अन्डाको मूल्य ११.९२ प्रतिशतले बढेको छ। प्रमुख खाद्य वस्तु तथा पदार्थको उच्च मूल्यवृद्धिको मार न्यून आय भएका विपन्न वर्गमा धेरै पर्छ।

राष्ट्र ब्यांकका अनुसार असोजमा उपभोक्ता मूल्यवृद्धि दर औसतमा ७.५ प्रतिशत पुगेको छ। यसमध्ये खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ८.३८ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ६.८१ प्रतिशत छ।

अधिकांश वस्तुको मूल्य बढे पनि घ्यूतेलको मूल्य भने गत वर्षको तुलनामा घटेको तथ्यांक छ। असोजमा घ्यूतेल समूहको मूल्य ११.६१ प्रतिशतले घटेको राष्ट्र ब्यांकले जनाएको छ।

गत वर्षको तुलनामा मनोरञ्जन तथा संस्कृतितर्फको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य १५.५५ प्रतिशतले बढेको छ। त्यसैगरी, विविध वस्तु तथा सेवाको १२.११ प्रतिशत, शिक्षाको ९.१० प्रतिशत, घरायसी उपयोगका वस्तुको ८.०८ प्रतिशत र फर्निशिङ तथा घरायसी उपकरणको ६.२५ प्रतिशतले मूल्य बढेको छ।

असोजमा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि दर १०.२३ प्रतिशत छ। तराईको ५.६६ प्रतिशत, पहाडको ७.३८ प्रतिशत र हिमालको मूल्यवृद्धि १०.२४ प्रतिशत पुगेको छ।

मूल्यवृद्धि दर उच्च रहे पनि तलब तथा ज्यालादर भने तुलनात्मक रूपले नबढेको केन्द्रीय ब्यांकले जनाएको छ। असोजमा तलब तथा ज्यालादर सूचकांक ५.६५ प्रतिशतले मात्रै बढेको छ।

अघिल्लो वर्षको सोही महीनामा यस्तो सूचकांक ११.५९ प्रतिशतले बढेको थियो। असोजमा तलब सूचकांक र ज्यालादर सूचकांङ्क क्रमशः १.०५ प्रतिशत र ७.०५ प्रतिशतले बढेको छ।

 

Prabhu Bank AD

सम्बन्धित खवर