वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
चीनद्वारा तिब्बतकाे शासनसम्बन्धी श्वेतपत्र जारी
Prabhu Bank AD

काठमाडौं । चीनको राज्य परिषदको प्रेस कार्यालयले १० तारिख बिहान १० बजे पत्रकार सम्मेलनको आयोजना गर्दै “नयाँ युगमा तिब्बत शासन, पार्टीको रणनीतिक अभ्यास र ऐतिहासिक उपलब्धिहरू” शीर्षकको श्वेतपत्र जारी गरेको छ।
यस श्वेतपत्रका अनुसार नयाँ युगमा तिब्बत शासन गर्ने चिनियाँ कम्युनिष्ट पार्टीको रणनीति नै तिब्बतलाई स्थिरता र तिब्बतलाई पुनरुत्थान गर्न जनताको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टीको सफल अनुभवको सारांश र नवीन विकास हो।
साथै यस रणनीतिले राष्ट्राध्यक्ष सी चिनफिङले तिब्बतको काममा नयाँ युग चिनियाँ विशेषतासहितको समाजवादबारेमा गर्नुभएको विचारधाराको केन्द्रीयतालाई प्रनितिधित्व गर्दछ जसबाट तिब्बतमा राम्रो काम गर्न आधार सिर्जना गर्दछ।
नयाँ युगमा तिब्बत शासन गर्ने पार्टीको रणनीतिको निर्देशन र देशभरका जनताको बलियो समर्थनमा तिब्बतका सबै जातीय समूहका प्रयासले एकताबद्ध भएर विभिन्न कार्यमा चौतर्फी प्रगति र ऐतिहासिक उपलब्धि हासिल गरेका छन्।
श्वेतपत्रमा भनिएकाे छ, “तिब्बतको समाजको समग्र अवस्था स्थिर र राम्रो हुँदै गएको छ, आर्थिक निर्माण व्यापक र द्रुत गतिमा विकास भइरहेको छ, जनताको जीवनस्तरमा निरन्तर सुधार भइरहेको छ, जातीय सद्भाव र धार्मिक सद्भाव सद्भाव कायम छ, सांस्कृतिक गतिविधिहरू समृद्ध र प्रगतिशील छन्, पर्यावर्णीय सुरक्षा झन बढी बलियो बन्दै छ।”
तिब्बत व्यापक रूपमा आधुनिक समाजवादी देश निर्माण गर्ने बाटोमा लागेको देखिन्छ।

Prabhu Bank AD

सम्बन्धित खवर