काठमाडौँ । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो कारोबार दिनको तुलनामा १९.४२ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २०१० अंकमा अडिएको छ । २ ः ५० बजे नेप्से २००४ अंकसम्म झरे पनि अन्तिम १० मिनेटमा केही सम्हालिएको हो ।
कुल २ अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । कुल ६२ कम्पनीको मूल्य बढ्दा १६६ को घट्यो भने ३ को स्थिर रहृयो । माइक्रोफाइनान्सबाहेकका सबै उपसमूह घटे । सो उपसमूह ३६ अंक बढ्यो । प्रतिशतका आधारमा फाइनान्स उपसमूह सबैभन्दा धेरै १।९८ प्रतिशत घट्यो । अंकका आधारमा बैंकिङ ५, विकास बैंक ६४, फाइनान्स ३५, होटल तथा पर्यटन ९२, जलविद्युत् ३९, जीवन बीमा १६०, उत्पादन ६१, निर्जीवन बीमा १५६, अन्य १५ र ब्यापार उपसमूह ५४ अंक घटे ।
३ कम्पनीको मूल्य भने १० प्रतिशत बढेको छ । स्वरोजगार लघुवित्त, हिमालयन लघुवित्त र एसियन हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । थ्रीस्टार हाइड्रोको मूल्य ९।७ प्रतिशत बढ्यो । शुभम् पावरको मूल्य भने १० प्रतिशत घट्यो । कारोबार रकमका आधारमा माछापुच्छ्रे बैंक, सन नेपाल लाइफ, शिवम् सिमेन्ट, एनआईसी एसिया बैंक र हिमाल दोलखा हाइड्रोपावर कम्पनी क्रमशः अगाडि बढको अवस्था छ ।

