वि.सं.२०८३ मंसिर ८ सोमवार
Shivam
Dish Home Long Ad
TaTa
विस म्यानपावरले पौने चार करोड ठगीको अभियोगमा मुद्दा दर्ता

 

 

काठमाडौँ । वैदशिक रोजगार विभागले ४३ जनासँग तीन करोड ८२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा विस एचआर सेलुसन (१४२५) म्यानपावर कम्पनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दर्ता गरेको छ ।

विभागले विस म्यानपावरका सञ्चालक तुलसीप्रसाद श्रेष्ठ, लालबहादुर पुलामी, अमृत श्रेष्ठ तथा कर्मचारी रमेश कोइरालाविरुद्ध मुद्दा दायर गरेको हो । विभागले म्यानपावरको इजाजतपत्रसमेत खारेज गरिदिएको छ ।

विभागका निर्देशक कविराज उप्रेतीका अनुसार उक्त म्यानपावरले पोल्यान्ड, क्रोएसिया, जापान, कतार तथा अमेरिकासमेतका देशमा वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ४३ जनासँग ३ करोड ८२ लाख रुपैयाँ उठाएको थियो । रकम उठाउन नसकेपछि म्यानपावरले उनीहरूलाई वैदेशिक रोजगारमा नपठाएको हो ।

विभागले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४४ बमोजिम त्यस रकमको हर्जाना, बिगो र सोको ५० प्रतिशतले हुन दिलाइ भराइ पाउनुपर्ने मागदाबी लिई न्यायाधिकरणसमक्ष अभियोगपत्र दायर गरिएको हो ।

Agni

सम्बन्धित खवर