वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
सुन तोलामा ८०० रुपैयाँले गिरावट
Prabhu Bank AD

 

काठमाडौं । सुनचाँदीको भाउ बुधबार सस्तिएको छ । भदौ २७ गते, सुन तोलामा ८०० रुपैयाँले गिरावट भएको हो । चाँदी पनि यस दिन तोलामा १५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार २०० रुपैयाँमा झरेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख १० हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार भने सुनको भाउ स्थिर रहेको थियो । हिजो सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ कायम रहेको थियो ।

आज चाँदीको मूल्य ओरालो लागेको छ । बुधबार चाँदी तोलामा १५ रुपैयाँले घट्दा प्रतितोला एक हजार ३९० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

अघिल्लो कारोबार दिन, चाँदी महंगिएको थियो । हिजो चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार ४०५ रुपैयाँमा किनबेच भएको थियो ।

Prabhu Bank AD

सम्बन्धित खवर