वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
ट्वीटरमा भिडियो र अडियो कल गर्ने सुविधा उपलब्ध हुने
Prabhu Bank AD

अमेरिकी अरबपति व्यवसायी एलन मस्कले सामाजिक सञ्जाल एक्स अर्थात ट्वीटरमा भिडियो र अडियो कल गर्ने सुविधा उपलब्ध गराउने घोषणा गरेका छन् ।

उनका अनुसार यो सुविधा एन्ड्रोइड, आईओएस, पीसी र म्याकमा उपलब्ध हुने छ ।

एक्समा चाँडै नै अडियो र भिडियो कलको फिचर आउँदै छ,’ उनले लेखेका छन्, ‘यसले एन्ड्रोइड, आईओएस, एप्पल म्याक र माइक्रो सफ्ट कम्युटरमा काम गर्छ ।’

भिडियो तथा अडियो कलका लागवि कुनै फोन नम्बरको आवश्यकता हुने छैन । ट्वीटरको नाम नै काफी हुने छ ।

एक्सले उपलब्धा गराउन लागेको भिडियो तथा अडियो कल गर्ने सुविधा ह्वाट्स एप, फेसबुक म्यासेन्जर, इन्स्टाग्रामजस्ता सञ्जालमा पहिला नै उपलब्ध छन् ।

आफूले स्वामित्व किनेपछि नाम परिवर्तन गरेर एक्स बनाएका मस्कले ट्वीटरमा धेरै नै परिवर्तन गरेका छन् ।

Prabhu Bank AD

सम्बन्धित खवर